चितवन- दशौं महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु आज चितवन आइपुग्दै छन्।
अध्यक्ष ओलीसहितका नेता विहान साढे ११ बजे भरतपुर विमानस्थल आइपुग्ने भएसँगै एमाले नेता कार्यकर्ता विमानस्थलमा स्वागतका लागि पुगेका थिए। तर, विमानस्थलबाट एमाले नेता नभइ कांग्रेस नेतासमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठ बाहिरिए।
मन्त्री बाहिरिएसँगै पार्टी अध्यक्षको स्वागतका लागि लामबद्ध एमाले कार्यकर्ताले राज्यमन्त्री श्रेष्ठलाई स्वागत गरे। एमाले कार्यकर्ताले नमस्कार गर्दै स्वागत गरेपछि उनी हाँस्दै नमस्कार फर्काइरहेका थिए।
ओली लगायत एमाले नेताहरुको विमान 'डिले' भएको छ र उनी साढे १२ बजेमात्र चितवन पुग्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।