काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत न्यायाधीश र बार पदाधकारीबीच छलफल हुने भएको छ।
प्रधानन्यायाधीशबाहेक सर्वोच्च अदालतका १८ जना न्यायाधीश र नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल हुन लागेको हो।
आज फुलकोर्ट बस्नुअघि दुई पक्षबीच छलफल हुन लागेको हो। नेपाल बारले आज बारदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ।
सर्वोच्चमा बस्ने फुलकोर्टले आगामी १५ गतेदेखि गोलाप्रथामार्फत इनलास तोक्ने निर्णय गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।