काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन बुधबार १.८९ अंक बढेर २७३५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.८४ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको छ। आज सो सेसनमा नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.१४ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १५ लाख ५५ हजार ५५१ रुपैयाँ ४० पैसा बराबरको २ हजार ६०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।