फाइल तस्बिर
भरतपुर– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन आउने क्रम जारी हरेको छ। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन आइपुग्दै छन्।
उनीहरु चितवन आउने भएसँगै भरतपुर विमानस्थलमा नेताहरुको स्वागतका लागि एमाले नेता कार्यकर्ता पुगेका छन्।
ओली साढे १२ बजे चितवन आइपुग्ने कार्यक्रम रहेको बताइएको छ। आज अध्यक्ष ओली सौराहामा हुने बुद्धिजीवी परिषद्को बैठकमा सहभागी हुनेछन्।
महाधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल बुधबार दिउँसो चितवन आइपुगेका थिए। त्यस्तै, स्थायी कमिटी सदस्य एवम् मूल आयोजक समितिका सह सयोजक सुरेन्द्र पाण्डे पनि चितवन आइपुगेका छन्।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। मंसिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।