काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले पुस १ गते २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे ११ बजे सुरु हुने गरी सभा तय गरेको हो।
सभाले बैंकले यसअघि प्रस्ताव गरेको चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने, सभाले आव २०७७÷७८ को नाफा नोक्सान हिसाबत तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।