काठमाडौं– आज देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
त्यसैगरी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको वुलेटिनमा उल्लेख छ।
त्यसैगरी, देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।