काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले भेट गरेका छन्।
बुधबार एभरेष्ट होटल नयाँ वानेश्वरमा उनले खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
करिब २ घण्टा भएको कुराकानीमा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोग आदिका बारेमा छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।