काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले पार्टी नेताहरुको छद्म युद्धमा फसेको टिप्पणी गरेका छन्। १०औं महाधिवेशनको सन्दर्भ पारेर बिहीबार एक 'अपिल' गर्दै भूसालले पछिल्लो ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै टिप्पणी नै नभएको पनि बताएका छन्।
भूसालले एमालेको संगठनात्मक व्यवस्थामा असंगतिहरु रहेको उल्लेख गर्दै पार्टीको पुनरोदयका लागि ती असंगतिहरू हटाउनुपर्ने बताएका छन्।
१०औं महाधिवेशनले दलाल पूँजीवादको विरुद्ध राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गर्नुपर्ने भूसालको मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।