काठमाडौं- ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट' र 'ग्लोबल स्मार्ट प्लस’ चलाउन नि:शुल्क मोबाइल डेटा उपलब्ध गराउने भएको छ।
बैंकिङ क्षेत्रमा ग्लोबल आईएमईको यो नयाँ पहल भएको बताएको छ। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको जनाएको छ। यो सुविधा प्रदान गर्नका लागि बैंकले नेपाल टेलिकमसँग मङ्गलबार सम्झौता गरेको छ।
समझदारीपत्रमा बैंककी बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।