काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको बताएका छन्। बुधबार साइबर सर्कलको घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसबाट देश नबन्ने घोषणा गरेका हुन्।
'कांग्रेस बुढो भयो। बुढो भएपछि गोरुले न जोत्छ, न केही गर्छ। बुढो भएपछि धेरै दूध दिने गाईले पनि दूध दिन छाड्छ', ओलीको भनाइ थियो, 'कांग्रेस बुढो भयो। नीतिमा बुढो भयो। विचारमा बुढो भयो। अठोटमा बुढो भयो। संकल्पमा बुढो भयो। सबै कुरामा बुढो भयो।'
ओलीले कांग्रेस जस्तो पार्टीले प्रचण्ड र माधव नेपालको हात समातेर हिँडेको भन्दै व्यंग्य गरे। उनले विभिन्न पार्टीमा रहेका नेताहरुलाई एमालेमा आउन आग्रह गरे। नेपालमै बसेर राष्ट्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।