काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने बताएका छन्। बुधबार साइबर सर्कल घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा त्यस्तो पार्टी नभएको बताए।
'अब नेकपा एमालेले एकता र एकीकरण गर्ने पार्टी कुनै पार्टी बाँकी रहेन। त्यसकारण नो एकता, नो एकीकरण। आउनुस्, नेकपा एमालेमा मिलेर काम गरौं', उनले भने।
ओलीले अब एकता र एकीकरण भन्दै कोसँग वार्ता गर्ने, मावध नेपालसँग? भन्दै प्रश्न गरेका थिए। 'अब एकता एकीकरण, एकताका लागि वार्ता। वार्ता कोसँग? माधव नेपालसँग गर्ने? एकीकरण? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्युँझिनुस्। ब्युँझिनुस् र फर्किनुस्', उनले भने।
उनले विभिन्न पार्टीमा रहेका नेताहरुलाई एमालेमा आउन आग्रह गरे। नेपालमै बसेर राष्ट्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।