काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। यस दिन सेयर बजार मापक परिसूचक 'नेप्से' १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा उक्लिएको छ। मंगलबार नेप्सेमा ३२ अंकको गिरावट आएको थियो।
यसदिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ। सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा रोकिएको छ।
आज चार अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज कारोबारमा आएका कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ५४ हजार ७०३ पटक किनबेच भएका थिए।
आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.४७ प्रतिशतका दरले कमाएका छन्। गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.५५ प्रतिशतका दरले गुमाएका छन्।
आज १३ मध्ये १० उपसमूहको सूचकमा हरियाली देखिएको छ। फाइनान्स उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ।
नेपाल दूरसञ्चार कम्पनी २६ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित खरिद-बिक्री रकममा अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईसीएफसी फाइनान्स र अपी पावर कम्पनी परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।