प्रतिकात्मक तस्बिर
ढल्केवर– गुडीरहेको गाडी (विङ्गर)बाट खसेर धनुषामा १ जना विद्यार्थीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गुडिरहेको गाडी (विङ्गर) बाट खसेर विद्यार्थीको मृत्यु भएको हो। पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बर को विङ्गरको ढोका छेउबाट लडेर विद्यार्थीको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–७ भगवानपुरी निवासी १८ वर्षीया पूजाकुमारी महतो छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार महतोको घटनास्थलमै मृत्यु भएको हो।
महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त रहेको जनाइएको छ। गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।