काठमाडौं- सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ।
बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भइ मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बिमाको रकम मृतककी श्रीमती कल्पना लामा तामाङलाई बैंकका निक्षेप व्यवस्थापन-रिटेलका प्रमुख टंकमणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।