काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ।
सोमबार साँझ सुर्सिङस्थित झाक्रिटोल निवासी सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा सञ्च तामाङको ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङको ५ वर्षीय छोरा मनिष, सोही ठाउँका साईला तामाङको ५ वर्षीय छोरा दिलबहादुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
ढुँगा, माटो र टिनले छाएको एक तले गोठमा साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको हो।
स्थानिय र प्रहरीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ। घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।