काठमाडौं- वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
क्यानका अनुसार एकदिवसिय शैलीको प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
लिगका खेलहरु मंसिर १७ सम्म टियु र उपल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछन्। हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
अर्को महिना हुने यू१९ एसिया कपको लागि खेलाडी छनोट गर्न क्यानले यू१९ पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो।
उद्धघाटन खेलमा मंगलबार टियु मैदानमा प्रदेश नम्बर १ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। मंगलबार नै मुलपानीमा गण्डकी प्रदेश र लुम्बनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।