काठमाडौं– नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ।
पौडेलकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा खुमकुमारीको निधन भएको।
पौडेलको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ। उनको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।
पौडेलको निधनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।