मेलम्ची– जन्ती बोकेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्।
दुर्घटनापछि बसका चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बस्नेत मेलम्चीमा रहेको मेरो माइक्रोफाइनाइन्सका कर्मचारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।