डडेलधुरा- बैतडीको दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाड मोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका- ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति साढे आठ बजेतिर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जिपमा सवार ७ मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।