डडेलधुरा- बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका- ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका- ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।
आइतबार राति साढे आठ बजेतिर भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। जिपमा कति जना सवार रहेका थिए भन्ने कुरा एकीन भएको छैन। जिप सडकबाट ५ सय मिटर तल खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।