काठमाडौं- एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो।
बैंकले १५ वर्ष अवधिको ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऊर्जा बण्ड’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
जसमध्ये, बैंकले २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।
उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।