काठमाडौं– देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। अहिले प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ। देशका केही उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।