काठमाडौं- त्रिभुवन विमानस्थलबाट ३ थान सुनको बालासहित २ जना पक्राउ परेका छन्।
मलेसियाबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाएर ल्याइएको सुनको बालासहित शुक्रबार बिहान ११ बजे उनीहरुलाई पार्किङ एरियाबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-३ का धर्मबहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका-१० का हरिप्रसाद गिरी छन्।
कार्यालयका अनुसार सुनारको साथबाट १०० ग्रामका २ थान बाला र गिरीको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको छ।
दुवैलाई कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।