काठमाडौं– नेपाली सेनाको टोलीले काठ तस्करको समूहलाई पक्राउ गरेको छ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्ज प्रशासनसहितको संयुक्त टोलीले काठ तस्करको समूहलाई पक्राउ गरेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाघफाँटा वैजनाथ मन्दिर इलाकामा अवैध रुपमा काठ तस्करी भइरहेको भन्ने जानकारी पाएपछि सात जनालाई शुक्रबार पक्राउ गरिएको सेनाले जनाएको छ।
तस्करी गर्न लागिएको ९०.९८ क्युफिट सालको काठ पनि बरामद भएको नेपाली सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।