काठमाडौं–सामाजिक सञ्जालमार्फत युवती तथा नाबालिकाहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौं महानगरपालिका–१२ भोटेबहालका २० वर्षीय लव खड्गीलाई पक्राउ गरेका हो।
उनलाई बिहीबार भोटेबहालबाटै पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए। सामाजिक सञ्जाल इन्टाग्राम तथा फेसबुकमार्फत खड्गीले नाबालिका तथा युवतीहरुको चरित्र हत्या गरेको आरोप लागेको छ।
सामाजिक सञ्जालमा युवती तथा नाबालिकालाई साथी बनाई नग्न भिडियो तथा फोटो पठाउन लगाउँदै त्यही फोटो र भिडियो देखाउँदै खड्गीले चरित्र हत्या गर्ने धम्की दिएको ब्यूरोले जनाएको छ।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तगर्तको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।