काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ‘सुन’ बरामद भएको छ।
विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले सुनजस्तो देखिने पदार्थ दुई किलो बरामद भएको नेपाल लाइभलाई जानकारी दिए।
‘सुनजस्तो देखिएको छ। थप जाँचका लागि पठाएका छौं। त्यसपछि पुष्टि होला सुन हो/होइन भन्ने’ एसएसपी बाँस्तोलाले भने।
उनका अनुसार उक्त घटनामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानी छन् । दुबईबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटमा उक्त ‘सुन’ भित्रिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।