काठमाडौं- नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले बताएका छन्।
उनका अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा डीएसपी जनबहादुर शाही रहेका छन्। उनी प्रहरी प्रधान कार्यालय अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन्।
यस्तै, डीएसपीहरू रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट पनि एसपी बढुवाका लागि सिफारिस भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।