• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ओली भ्रमणमा होला सहयोग सम्झौता? अहिलेसम्म कहाँकहाँ गर्‍यो नेपालमा चीनले लगानी?

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०७५  ०८:१२
1140x725

काठमाडौं- असार ५ देखि हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई धेरैले नेपालको विकास निर्माणमा चिनियाँ लगानी र सम्झौता कस्तो रहला भनेर चासोपूर्वक हेरिरहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो भ्रमण दुई वर्षअघि चीन भ्रमणका बेला ओलीले गरेको द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा यो भ्रमण केन्द्रित रहनेछ। यसकारण पनि समृद्धि र विकासमा जोड दिइरहेको ओली नेतृत्वको सरकारलाई भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने अनुमान गरिएको छ।

चीनसँग जोडिएका ८ वटा सीमा नाका खोल्ने, केरुङ–काठमाडौँ रेल मार्ग निर्माण सम्बन्धी, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची समेत तय भइसकेको छ। भूकम्पपछिको नेपालको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन, एक हजार मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना लगायतमा पारस्परिक सहयोगको सम्झौता यो भ्रमणमा हुनेछ। 

नाकाबन्दीपछि भारतसँग चिसिएको नेपालको सम्बन्धबाट चीनले फाइदा उठाउने धेरैले ठानेका थिए। तर नेपालमा चीनको लगानी धेरै वर्षअघिदेखि जारी छ।

चिनियाँ लगानीमै २०३२ सालम ट्रलीबस सेवा नेपालमा सुरु भएको थियो। तर यो २०६६ देखि पूर्ण रुपमा बन्द भएको छ। बाग्लुङ–पोखरा–काठमाडौं र तातोपानी–काठमाडौं सडकमा पनि चीनले सहायता प्रदान गरेको थियो।

निजामती अस्पताल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बिपी स्मृति क्यान्सर अस्पतालमा पनि चीनकै लगानी छ। चिनियाँ सहयोगमा निर्माण भएका अधिकांश उद्योगहरु बन्द भएका छन् भने केही जेनतेन चलेका छन्। बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि टायल उद्योग, भृकुटी कागज कारखाना जस्ता आधा दर्जन  उद्योग पूर्ण रुपमा बन्द भएका छन्। 
 
लगानी कहाँ, कति?
चिनियाँ सरकारको सहयोगमा चक्रपथ विस्तार आयोजना २०१२ मा सुरु भएको थियो। पहिलो चरणमा कोटेश्वर–कलंकी सडकखण्डको १०.३९ किलोमिटर निर्माण हुनेछ। २०१७ को जुलाईमा सक्ने लक्ष्य राखिए पनि नसिकएपछि एक वर्ष समायावधि थपिएको छ। चीनको सांघाई कन्सट्रक्सनले निर्माणको जिम्मेवारी लिएको आयोजना सम्पन्न भएपछि चक्रपथ ८ लेनको हुनेछ।  

२१ अर्ब ४७ करोड लागतमा निर्माण हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको सिएएमसी कन्सट्रक्सन कम्पनीले निर्माण जिम्मा लिएको छ। सन् २०१४ को मेमा सरकारले चिनियाँ कम्पनी सिएएमसीसँग निर्माण सम्झौता गरेको थियो। आयोजनाको १५ प्रतिशत काम सकिएको बताइएको छ। व्यक्तिगत जग्गाको लागि मुआब्जा वितरण सकिएको छ भने जग्गा सम्याउने काम अन्तिम चरणमा पुगेको छ। 

२०७३ को पहिलो दिन शिलान्यास गरिए पनि विमानस्थलको काम करिब डेढ वर्षपछि मात्र सुरु भयो। विमानस्थलका लागि सरकारले चिनियाँ बैंक एक्जिमसँग ऋण सम्झौता गरेको छ। विमानस्थल सन् २०२१ को जुलाईसम्ममा चिनियाँ ठेकेदार कम्पनीले सक्नुपर्नेछ। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि चिनियाँ कम्पनीले प्राप्त गरेको छ। सन् २०१३ को डिसेम्बरमा खोलिएको टेन्डरमार्फत चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको ठेक्का हात पारेको थियो। पूर्वनिर्धारित समय अनुसार सकिएको भए सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न हुने थियो। सन् २०१३ मा लागत अनुमान साढे ९ अर्ब हुने आँकलन गरिएको थियो। जसमध्ये ७ अर्ब रुपैयाँ एडिबीसँग ऋण सम्झौता गरिएको छ। निर्माण अवधि बढेपछि विमानस्थलको सञ्चालन आगामी वर्ष हुने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेता झलनाथ खनालका पुत्र निर्भिक चित्रकार खनालको नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्राले चिनियाँ कम्पनीसँग निर्माण सहकार्य गरिरहेको छ। खनालको निर्माण कम्पनीले समयसमयमा काममा अवरोध सिर्जना गरेको भन्दै आलोचना पनि हुने गरेको छ। सन् २०१७ को अन्त्यमा विमानस्थल निर्माणको काम गर्ने गरी चिनियाँ कम्पनीले निर्माण सम्झौता गरेको थियो। विमानस्थल निर्माणको समायावधि सकिएसँगै लागत पनि बढ्ने भएको छ। विमानस्थलका लागि ५ सय बिघा जमिन छुट्याइएको छ। 

चिनियाँ लगानीकर्ताहरुले सिमेन्ट उद्योगलाई प्राथमिकता दिएका छन्। शिवम् सिमेन्टसँगको साझेदारीमा चिनियाँ कम्पनी होङ्सीले ३७ अर्ब लगानीमार्फत नवलपरासीमा सिमेन्ट उत्पादन सुरु गरेको छ। 

ह्वासिन सिमेन्टमा पनि चीनले करिब १५ अर्ब लगानी गर्ने भएको छ। ह्वासिनले सन् २०१८ को अन्त्यदेखि उत्पादन सुरु गर्ने बताइएको छ। त्यस्तै चिनियाँ लगानीको तियानी सिमेन्टले एक अर्ब ९० करोड सिमेन्ट उद्योगका लागि लगानी गरेको छ। ३ ठूला सिमेन्ट कम्पनीमा ४२ अर्बभन्दा बढी लगानी भएको छ। 

जल विद्युतमा लगानी बढाएको चीनले ठूला आयोजनामा रुचि देखाएको छ। १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीले निर्माण अधिकार दिने/नदिनेमा सरकार अन्योलमा छ। प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको समय आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरिएको थियो। शेरबहादुर देउवाको कार्यकालमा स्वदेशी लगानीमै आयोजना बनाउने निर्णय भयो। वर्तमान सरकारले पूर्व सरकारको निर्णय उल्ट्याएर चिनियाँ कम्पनी गेजुवालाई निर्माण अनुमति दिने निर्णय गरेको छ। धादिङ र गोरखामा पर्ने आयोजना प्रभावितहरुका लागि सरकारले अधिकांशलाई मुआब्जा पनि वितरण गरिसकेको छ। 

Xtrem

Xtrem

चिनियाँ पक्षले अधिकांश लगानी गर्नेगरी ७२ मेगावाट क्षमताको माथिल्लो कालिगण्डकी विद्युत आयोजना निर्माणाधीन छ। चीनको सिनो हाइड्रोले उक्त आयोजनामा २० अर्ब २४ करोड लगानी गरेको छ। कुल लागत अनुमान २२ अर्ब गरिएको आयोजनाले २०७० को पुसमा उत्पादन लाइसेन्स पाएको थियो।

प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्