सुनसरी- सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठूलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन्।
बुधबार दिउँसो देवानगंजस्थित सीमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नम्बरको ट्याक्टरबाट १८० केजी लागूऔषध गाँजा फेला परेको थियो।
चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ वर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन्।
फरार भएका चालकको खोजतलास भइरहेको छ। बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।