काठमाडौं– नेपाल–भारत उडान संख्या बढाउने तयारी भएको छ। कोरोना भाइरस संक्रमण बढेपछि एयर बबलमार्फत हुँदै आएको सीमित उडान संख्या बढाउने विषयमा छलफल सुरु भएको छ।
हाल सातामा भइरहेको १४ उडानलाई बढाएर ५६ पुर्याउने गरी तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
भारतीय दूतावासले अहिलेको उडान संख्या बढाउने जानकारी गराएसँगै हाल हुँदै आएको सीमित संख्याको उडान बढ्ने सम्भावना देखिएको मन्त्रालयको भनाइ छ।
कोरोना भाइरसको संक्रमण उच्च हुँदा नेपाल–भारत उडान संख्या कटौती गरिएको थियो भने नेपालको काठमाडौं र भारतीको दिल्ली उडानलाई मात्रै जारी राखिएको थियो।
भारतले अहिले सातामा २८/२८ ओटा उडान गर्ने प्रस्ताव गरेको भन्दै मन्त्रालयले यही संख्यामै उडान सुरु गर्नेबारे छलफल भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।