काठमाडौं- एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले 'नोकिया ६३१०' घोषणा गरेको छ।
नोकिया ६३१० को २.८ इन्च स्क्रिनका साथ ओरिजिनल र आइकोनिक सिल्हुटलाई प्रस्तुत गरिएको जानकारी दिएको छ। यसमा एक्सेसिबिलिटीको सुविधाहरू, लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको जनाएको छ।
नोकिया ६३१० ले आजको आवश्यकताका लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको कम्पनीको भनाइ छ।
'नोकिया ६३१० एक पुनः कल्पना गरिएको फिचर फोन हो र सबै नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको छ। हाम्रा फिचर फोनहरूले जीवनमा खेल्ने भूमिकाहरुलाई धेरै महत्त्व दिन्छ,' प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रवि कुँवरले भने, 'त्यसैले फिचर फोन तपाईंको गो-टु उपकरण होस्, चाडपर्वका लागि आवश्यकता होस् वा जस्ट-इन केस ह्यान्डसेट होस्, नोकिया ६३१० ले तपाईंलाई हरेक बेला सहयात्रीको रुपमा मद्दत गर्दछ।'
यसमा पुनः डिजाइन गरिएको कभर्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध रहेको र यसले थप स्पष्टताका साथ हेर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। साथै यसमा रहेको 'अल न्यू जुम इन मेनु'हरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउने बताइएको छ। पोली कार्बोनेट सेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनलाई प्रयोग गर्नका लागि पर्याप्त बलियो बनाएको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।