व्यास– तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक मंगलबार १ महिला मृतावस्थामा फेला परेकी छन्। व्यास नगरपालिका–१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन्।
बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 'प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ, हत्या हो कि आत्महत्या अहिल्यै भन्न सकिने अवस्था छैन,' डीएसपी तिमिल्सिनाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।