काठमाडौं – मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ। सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।
राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा दिइएको उनले बताए। अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए।
स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ। रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्ष्इाति भएको उनले जानकारी दिए।
राति साढे १२ बजेतिर आगलागी सुरु भएको उनले जानकारी दिए। आगलागीको ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। बजारका घरहरु जोडिएकाले ठूलो क्षति भएको उनले बताए। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।