काठमाडौं– नेपालमा अब कफीखेतीको पनि बिमा हुने भएको छ। नियामक बिमा समितिले ‘कफीखेती बिमालेख’ लागु गरेसँगै व्यवसायी तथा किसानलाई उक्त खेतीको बिमा गर्ने बाटो खुलेको हो। समितिले ‘बाली तथा पशुपक्षी बिमा निर्देशन–२०६९’ अनुसार सोमबार बिमालेख नै जारी गरिसकेको छ।
समितिले कृषि तथा पशुबिमाअन्तर्गत विभिन्न पोलिसी ल्याउँदै आएको छ । यस क्रममा कफिखेतीको पनि बिमा गर्न मिल्ने गरी नयाँ पोलिसी ल्याएको हो। कफीखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बिमालेख तयार गरिएको समितिले जनाएको छ।निर्जीवन बिमा कम्पनीहरूले यसै पोलिसीको आधारमा रहेर कफीखेतीको बिमा गर्न सक्ने समितिको भनाइ छ।
बिमालेखले कफिखेतीमा आगलागी, हुरीबतास, आँधीबेहरी, तुफान, बाढी, डुबान, असिना, हिउँवा तुसारो, खडेरी चट्याङ, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्ने बताइएको छ।
बताइएको छ । यस्तै, यस्तो बिमा गर्न व्यवसायी तथा किसानले तोकिएको प्राविधिक मापदण्डमा रहेर कफिखेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यदि, खेतीमा बिमायोग्य क्षति भएमा सम्बद्ध व्यवसायीले ३ दिनभित्र कुनै पनि माध्यमबाट सम्बद्ध कम्पनीमा सूचना दिनुपर्ने छ। त्यसपछि बल्ल दाबीप्रक्रिया अगाडि बढ्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।