• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ

फिलिपा रक्सबी/बीबीसी सोमबार, कात्तिक २२, २०७८  ०७:०५
1140x725

वैज्ञानिकका अनुसार वितगतका तुलनामा मानिसहरु अग्लो हुने र बाल्यावस्थाबाट चाँडै युवावस्थामा पुग्ने रहस्यलाई अब मानिसको दिमागमा रहेको एक सेन्सरका माध्यमबाट बुझ्न सकिने भएको छ। 

बीसौं शताब्दीमा पोषणसम्बन्धी स्वास्थ्यमा सुधार हुनाले बेलायतका मानिसको औसत उचाइ ३ दशमलव ९ इन्च बढेको थियो। जबकि अन्य देशका मानिसको उचाइ ७ दशमलव ८ इन्च (२० सेन्टिमिटर) बढेको थियो।

तर, वास्तविक रुपमा यस्तो कसरी हुन्छ भन्ने कुरालाई भने अहलेसम्म बुझ्न सकिएको थिएन। बेलायतका शोधकर्ताको भनाइ छ कि यो नयाँ खोजले मांशपेसी बलियो बनाउने र विस्तारै लम्बाइ बढाउने औषधि बनाउने बाटो खुल्न सक्छ।

वैज्ञानिकलाई पहिलेदेखि नै थाहा थियो कि राम्रो खानपान र नियमित आहार लिने मानिस अग्लो र चाँडै परिपक्व हुन्छन्। उदाहरणका लागि दक्षिण कोरिया एक गरिब देशबाट विकसित देश बनेपछि त्यहाँका वयस्कको उचाइ पहिलेको तुलनामा बढेको छ। यस्तै, दक्षिण एसिया र अफ्रिकाका धेरै ठाउँका मानिसक अहिले पनि १०० वर्ष पहिलेको तुलनामा थोरै मात्रै बढी अग्लो छन्। 

दिमागको एक भाग 'हाइपोथाइलेमस'सम्म भोजनबाट संकेत पुग्ने जानकारी पहिलेदेखि नै छ। यो संकेतले दिमागलाई शरीरका पोषणसम्बन्धी स्वास्थ्यका बारेमा बताउँछ र शरीरको विकास तीव्र गराउँछ।

विज्ञान तथा शोधसम्बन्धी पत्रिका 'नेचर'मा यसका विषयमा एक नयाँ अध्ययन प्रकाशित भएको छ। यो शोध क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकको नेतृत्वमा भयो। यसमा लण्डनको क्वीन मेरी युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी, मिसिगन युनिभर्सिटीका टिमले सहयोग गरेका छन्। 

यो शोधको माध्यमबाट यस प्रक्रियाबाट बन्ने रिसेप्टरको खोजी गरिएको हो, जसलाई एमसी३आर नामबाट जान्न सकिन्छ। भोजन र यौवनका साथै शरीरको लम्बाइ बढाउने बीच यो रिसेप्टर एक महत्वपूर्ण कडी हो।

यस अध्ययनका लेखक तथा क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर सर स्टिफन ओराहिलीले भने,  'यसले शरीरलाई बताउँछ कि, शरीर राम्रो अवस्थामा छ। शरीरमा पर्याप्त भोजन छ। त्यसैले चाँडै बढ र चाँडै जवान भएर धेरै बच्चा जन्माऊ।'

Ncell 2
Ncell 2

ओराहिली अगाडि भन्छन्, 'यो जादू मात्र होइन। यो कसरी हुन्छ, त्यसको पूरा खाका हामीसँग छ।'

शोध गर्नेहरुका अनुसार जब दिमागी रिसेप्टरले मानिसमा सामान्य ढंगले काम गर्दैन, तब मानिसको लम्बाइ कम रहन्छ। साथै अन्यका तुलनामा कम उचाइ भएकाहरु ढिलोगरी जवान हुन्छन्। 

यो टिमले युके बायोबैंक (आनुवांशिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डाटाबेस)सँग जोडिएका करिब पाँच लाख स्वयंसेवकको आनुवंशिक बनावटको अध्ययन गरेर खोजेका नतिजा सही रहेको निष्कर्ष निकालेको हो। 

शोधमा कति बच्चाको जिनमा म्युटेशन (परिवर्तन) देखियो, जसले उनीहरुको दिमागी रिसेप्टरलाई बोध गराएको थियो। यस्ता सबै बच्चामा जीनको असर कम उमेरमै देखिन सुरु भयो र यी बच्चाहरु कदमा होचा र कम तौलका थिए।

शोध गर्ने टिमलाई एक यस्तो व्यक्ति पनि भेटिए जसमा एमसी३आर जिनको दुवैतिर म्युटेसन पाइयो। यस्तो बद्लाव अत्यन्तै दुर्लभ र हानिकारक हो। यी व्यक्ति कदमा धेरै छोटो थिए भने यौवनमा आउने बद्लाव २० वर्षपछि मात्रै देखिएको थियो। 

यस्तो मानिसमा मात्रै हुन्छ भन्ने हुँदैन। शोधकर्ताले मुसामा समेत अध्ययन गरेर पुष्टि गरेका छन् कि जनावरमा पनि यही कुरा लागू हुन्छ। 

शोधकर्ता ओराहिलीले भने, 'भविष्यमा हुनेवाला शोधमा यो पत्ता लगाउनुपर्छ कि बिरामी व्यक्तिको शारीरिक क्षमता सुधार्नका लागि एमसी३आर सक्रिय गराउने औषधिको प्रयोगबाट मांसपेशी मजबुत बनाउन सकियोस्।'

वैज्ञानिकले पहिले नै एक ब्रेन रिसेप्टरको पहिचान गरेका थिए, जसले भोक नियन्त्रण गर्छ। यसलाई एमसी४आर भनिन्छ। जुन व्यक्तिमा यो रिसेप्टरको कमी हुन्छ,  उनीहरु सामान्यतया मोटो हुन्छन्। 

मानिस अग्लो हुने पनि एक सीमा हुन्छ। मानिसहरु त्यतिसम्म मात्रै अग्लो हुन्छन्, जति उनीहरुको आनुवंशिक क्षमता हुन्छ। यो क्षामता कति हुन्छ भनेर तय गर्नका लागि स्वास्थ्य र आहारजस्ता कारकको धेरै ठूलो प्रभाव रहन्छ। 

गरिब परिवारमा जन्मिएको बच्चलाई पर्याप्त भोजन र क्यालोरी मिल्यो भने त्यस्तो बच्चा आफ्नो आमा–बाबु र बाजे–बज्यैबाट बिरासतमा मिलेको 'लम्बाइ'सम्म बढ्न सक्छन्। अग्ला मानिसहरु आमरुपमा लामो समयसम्म बाँच्छन्। अग्ला मानिसहरुलाई मुटुसम्बन्धी समस्याबाट पीडित हुने आशंका पनि कम हुन्छ। साथै यस्ता मानिसहरुले अन्यको तुलनामा धेरै कमाइ गर्ने सम्भावना पनि हुन्छ। 

यद्यपि मानिसको लम्बाइ सधै बढी नै रहन सक्दैन। पछिल्लो सताब्दीमा युरोपमा केही अन्य देशका जस्तै बेलायतका मानिसहरुको पनि औषत लम्बाइ बढेको छ। तर, पछिल्ला १० वर्षको संकेत छ कि अब औषत लम्बाइ बढेको छैन। 

पछिल्लो शताब्दीमा विश्वामा सवैभन्दा धेरै लम्बाइ दक्षिण कोरियाकी महिला र इरानका पुरुषको बढेको छ। 

अहिलेको तथ्यांकअनुसार सबैभन्दा अग्ला नेदरल्यान्डमा जन्मिने पुरुष (१८२.४ सेन्टिमिटर) हुन्छन् र सबैभन्दा होचा ग्वाटेमालामा जन्मिने महिला (१४० सेन्टिमिटर) हुन्छन्। 


बीबीसीकी स्वास्थ्य संवाददाता रक्सबीको रिपोर्टको भावानुवाद 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE)
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्