• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेशमा पनि अस्थिरताकै आदत

64x64
किशोर दहाल बिहीबार, कात्तिक १८, २०७८  २१:२०
1140x725

काठमाडौं- कात्तिक १५ गते प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए। असोज २५ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको र कात्तिक ५ गते प्रदेश सभाको बैठकमा पेश गरेको विश्वासको मत लिने प्रस्तावमा मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका थिए। प्रदेश सभाको बैठकमा एक घण्टाभन्दा लामो सम्बोधन गरेका उनले संसद्को अंकगणित र जनताको चाहना मेल नखाएको भन्दै राजीनामा घोषणा गरेका हुन्।

आचार्य गत भदौ १० गते मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए। उनको कार्यकाल जम्मा ६८ दिनको मात्रै रह्यो। एमाले विभाजन हुने निश्चित भइसकेको अवस्थामा मुख्यमन्त्री बनेका उनको कार्यकाल त्यतिञ्जेल लम्बिनेमा पार्टीकै नेताहरुको विश्वास थिएन। किनकि, उनी मुख्यमन्त्री नियुक्त हुने अघिल्लो दिन नै केन्द्रमा एमालेको विभाजनले औपचारिकता पाइसकेको थियो। केही दिनमै प्रदेश संसदीय दल विभाजन हुने र उनी अल्पमतमा पर्ने निश्चित थियो। तर, उनी केही दिन मात्रै भए पनि मुख्यमन्त्री बनिहाल्न अघि सरे।

जुन दिन प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गरे, त्यसै दिन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि राजीनामा दिए। आन्तरिक सहमति अनुसार सत्ता हस्तान्तरण गर्न कांग्रेसले अल्टिमेटम दिएपछि उनले राजीनामा दिएका हुन्। इमानको राजनीति स्थापित गर्न आफूले राजीनामा दिएको उनको भनाइ छ। ‘राजनीतिक रुपमा बेमौसमको बाजा बजाएर कर्णालीको विकासमा बाधा पार्ने स्वरुप हामीभित्र खेल्दा सत्ता गठबन्धनको फेरबदल आएको छ’,राजीनामा घोषणा गर्दै उनले भने, ‘अहिले सहमतिअनुसार दलहरुबीच समन्वय र सहकार्य र सहअस्तित्वका साथ अघि बढिरहेका छौं।’

२०७४ फागुन ३ गते एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका शाहीले वैशाख ३ गते विश्वासको मत लिँदा कांग्रेसले सहयोग गरेको थियो। त्यसका लागि दुई पार्टीबीच ६ महिनामा सत्ता हस्तान्तरणको सहमति भएको थियो। यतिबेला त्यही सहमति कार्यान्वयन भएको हो।

अस्थिरताको दौड
संघीय अभ्यास सुरु भएको तीन वर्ष पुग्न लागेको छ। तर सातमध्ये पाँच प्रदेशहरु प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले एकभन्दा बढी सरकार देखिसकेका छन्। दुई वटा प्रदेशहरु प्रदेश १ र बागमती प्रदेशले त तीन-तीन वटा सरकार देखिसके। समग्रमा, प्रदेश सरकारको अभ्यास हुन थालेको ४४ महिनाको यो अवधिमा सात प्रदेशमा १४ वटा सरकार गठन भएको छ। र सबैजसो सरकारमा गठबन्धनमा फेरबदल आएको छ। नेतृत्व परिवर्तन नभए पनि सात वटै प्रदेश सरकारमा सत्ता गठबन्धन परिवर्तन भएको छ।

प्रदेश सभाका लागि आगामी निर्वाचन हुन अझै एक वर्ष समय बाँकी छ। यसबीचमा अझै पनि सरकार परिवर्तन हुने सम्भावना छ। किनकि, लुम्बिनी, बागमती तथा प्रदेश १ मा आलोपालो सरकारको नेतृत्व गर्ने कुरा उठिरहेको छ। केही प्रदेशमा त त्यसको लागि आन्तरिक सहमति पनि भएको बताइन्छ। यसले अस्थिरताको निरन्तरता अझै बाँकी देखिन्छ।

रोचकचाहिँ के छ भने, २०७४ मंसिर १० र २१ मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनको मुख्य अजेन्डा थियो- स्थिरताको लागि बहुमत र त्यसमार्फत समृद्धि। जनताले पनि स्थिरता कायम हुन्छ र समृद्धि आउँछ भन्ने आशामा वाम गठबन्धनलाई बिजयी भनाइदिए। एमालेलाई त प्रदेश २ बाहेक बाँकी सबैमा ठूलो (केही प्रदेशमा एकल बहुमत) दल बनाइदिए। 

त्यतिबेलाको स्थिरता र समृद्धिको नारा नै भ्रमपूर्ण रहेको विश्लेषक उद्धव प्याकुरेल बताउँछन्। 'स्थिरता र अस्थिरता भन्ने कुरा राजनीतिक संस्कारसँग निर्भर गर्छ। हाम्रो प्रणाली लोकतान्त्रिक भइसकेको भए पनि दैनिक जीवनमा लोकतान्त्रिक संस्कार लागू नगरिएको अवस्था छ। हाम्रो नेतृत्वले पनि लोकतान्त्रिक संस्कारलाई जीवनपद्धति बनाउन सकेको छैन। त्यसैले बहुमत आउँदैमा स्थिर सरकार हुँदैन भन्ने मेरो तर्क थियो', उनले भने, 'बहुमत आउँदा पार्टी नेतृत्व अहंकारी हुने र त्यसले  पार्टीमा फुट आउने गरेको हाम्रै विगतले पनि देखाउँछ।'

Ncell 2
Ncell 2
nimb
nimb

प्याकुरेलले भनेजस्तै, वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो। त्यो विशाल पार्टी भयो। र आन्तरिक शक्ति संघर्षलाई व्यवस्थापन गर्न नसक्दा विभाजित भएर गयो। त्यसको कारणको रुपमा केपी शर्मा ओलीको अहंकारलाई धेरैले दोष दिने गरेका छन्। त्यसकै परकम्प अहिले प्रदेशप्रदेशमा परेको ठानिन्छ।

२०७४ सालमा शक्तिशाली र पहिलो दल बनेर उदाएको एमाले अहिले संघदेखि प्रदेशसम्म प्रतिपक्षी दल हुन पुगेको छ। अर्कोतिर, २०७४ सालमा प्रदेश सरकारहरु गठन हुँदा सबै प्रदेशको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले अहिले दुई वटा प्रदेशको नेतृत्व गरेको छ। सबै प्रदेशमा सत्ता साझेदार दल बनेको छ। चर्चामा रहेको आलोपालोको सहमति कार्यान्वय भएमा केही महिनापछि कांग्रेसले थप प्रदेश सरकारको नेतृत्व गर्ने छ।

पुरानो आदत, नयाँ जटिलता
प्रदेशहरुमा देखिएको अस्थिरताको यो चित्र २०५१ सालपछिको त्रिशंकु संसद्को उत्पादन जस्तै हुन पुगेको छ। २०५१ मंसिरदेखि २०५६ जेठसम्मको ५४ महिनाको अवधिमा ६ वटा सरकार गठन भएका थिए। नयाँ संविधानसँगै स्थिरताका लागि केही प्रावधानहरु राखिएको भए पनि संघदेखि प्रदेशसम्म अस्थिरताको आदत परिवर्तन भएको छैन।

प्रदेशहरुमा सरकार परिवर्तन हुनुमा तत्कालीन नेकपाको विभाजनले भूमिका खेलेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गर्दा उनको पार्टी (नेकपा) ले नेतृत्व गरेको ६ वटै प्रदेश सरकारको जग हल्लिएको थियो। यद्यपि, त्यसको नतिजा देखिएको थिएन। तर जब नेकपा विभाजन भयो र ब्युँतिएको एमाले पनि फरकफरक गतिविधि र रणनीतिमा अघि बढे, एमाले नेतृत्वको सरकारहरु ढल्ने क्रम सुरु भए। गत जेठदेखि कात्तिकसम्मको पाँच महिने अवधिमा संघदेखि प्रदेशसम्म एमाले प्रतिपक्षी दल बन्न पुग्यो।

पार्टीको केन्द्रीय नेतृत्वको सम्बन्ध र संघीय सरकारमा आउने हेरफेरले प्रदेशको सत्ता समीकरणमा पनि हलचल ल्याउने गरेको देखियो। पछिल्ला पाँच महिनामा भएका उथलपुथल त्यसैको परिणाम हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले स्थानीय सम्बन्ध बनाउन नसकेको बरु केन्द्रीय नेतृत्वमा रहेको तीतो सम्बन्धलाई नै विस्तार गरेको पुष्टि हुन्छ। 'केन्द्रमा जुन खालको नेतृत्व थियो। त्यस्तै खालका नेतृत्व तल्लो तहसम्म 'प्लान्ट' गरेका कारणले प्रदेशमा पनि काम गर्ने शैलीमा कुनै फरकपन देखिएन', प्याकुरेलले भने।

प्रदेशहरुमा सरकार परिवर्तन भइरहँदा कतिपयले यसले संघीयताप्रति वितृण्णा बढाउन सक्ने चिन्ता पनि गरेको पाइन्छ। प्रदेशहरु अन्य सम्भावनाको कोणबाट भन्दा पनि सत्ता चलखेलबाट परिचित हुँदै जान थाले पनि संघीयताप्रति बिमति राख्नेहरुको आवाजले भर पाउने उनीहरुको तर्क सुन्न पाइन्छ। तर प्याकुरेल त्यसलाई उचित ठान्दैनन्। 'सरकार आज जान्छ कि भोलि जान्छ भन्दा पनि प्रक्रिया ठूलो कुरा हो। संविधानले निश्चित गरेको प्रक्रियामार्फत बिना अवरोध सत्ता हस्तान्तरण हुन्छ भने त्यसले जुन प्रकारको वातावरण बनाउँछ, त्योभन्दा प्रक्रिया उल्लंघन गरेर सरकारमा बसिराख्ने खोज्ने प्रवृत्तिले ठूलो हानी गर्छ', उनले भने, 'प्रक्रियागत रुपमा सरकार परिवर्तन हुनुलाई म अस्थिरता मान्दिनँ।'

यावत् कारणले २०७४ को चुनावमा जनताले दलहरुलाई थमाइदिएको सत्ताको चित्रमा यतिबेला व्यापक हेरफेर आइसकेको छ। स्थिरताको नारालाई जनताले जसरी अनुमोदन गरेका थिए, आन्तरिक कारण जेसुकै होस्, स्थिरताको अपेक्षा गरेका नागरिकप्रति धोका भएको धेरैको बुझाइ छ।

प्रदेश सरकारको नेतृत्व मात्रै होइन, संघीय सरकारको प्रतिनिधित्व गर्ने प्रदेश प्रमुखको पद पनि निकै अस्थिर भएको छ। २०७४ माघयता सात प्रदेशमा २१ जना प्रदेश प्रमुख नियुक्त भएका छन्। जसमध्ये प्रदेश २ र गण्डकी प्रदेशमा मात्रै चारचार जना प्रदेश प्रमुख नियुक्त भएका छन्। यसलाई पनि दलहरुले आफ्नो गुट व्यवस्थापन गर्न सकिने स्थानको रुपमा विकास गरेका छन्।

मुख्यमन्त्री परिवर्तन
प्रदेश १
शेरधन राईः २०७४ फागुन २- २०७८ भदौ १०
भीम आचार्यः २०७८ भदौ १०- २०७८ कात्तिक १५
राजेन्द्र राईः २०७८ कात्तिक १६-

प्रदेश २
लालबाबु राउतः २०७४ फागुन २-

बागमती प्रदेश
डोरमणि पौडेलः २०७४ माघ २८- २०७८ भदौ २
अष्टलक्ष्मी शाक्यः २०७८ भदौ २- २०७८ कात्तिक १०
राजेन्द्र पाण्डेः २०७८ कात्तिक ११-

गण्डकी प्रदेश
पृथ्वी सुब्बा गुरुङः २०७४ माघ २९-  २०७८ वैशाख २६ । २०७८ वैशाख २९ – २०७८ जेठ २७
कृष्णचन्द्र नेपाली पोखरेलः २०७८ जेठ २९- 

लुम्बिनी प्रदेश
शंकर पोखरेलः २०७४ फागुन २- २०७८ वैशाख १९ । २०७८ वैशाख १९ – २०७८ साउन २७
कुलप्रसाद केसी ‘सोनाम’: २०७८ साउन २८- 

कर्णाली प्रदेश
महेन्द्रबहादुर शाहीः २०७४ फागुन ३- २०७८ कात्तिक १५
जीवनबहादुर शाहीः २०७८ कात्तिक १६- 

सुदूरपश्चिम प्रदेश
त्रिलोचन भट्टः २०७४ फागुन ३-

प्रदेश प्रमुख परिवर्तन
प्रदेश १

गोबिन्द बहादुर तुम्बाहाङः २०७४ माघ ३- २०७६ कात्तिक १७
सोमनाथ अधिकारी प्यासीः २०७६ कात्तिक १८-     

प्रदेश २
रत्नेश्वर लाल कायस्थः २०७४ माघ ३- २०७६ कात्तिक १७
तिकल परियारः २०७६ कात्तिक १८- २०७७ फागुन ७
राजेश झा अहिराजः २०७७ फागुन ७- २०७८ भदौ १
हरिशंकर मिश्रः २०७८ भदौ १-

बागमती प्रदेश
अनुराधा कोइराला- २०७४ माघ ३- २०७६ कात्तिक १७
विष्णु प्रसाईः २०७६ कात्तिक १८- २०७८ भदौ ४
यादवचन्द्र शर्माः २०७८ भदौ ४-

गण्डकी प्रदेश
बाबुराम कुँवरः २०७४ माघ ३- २०७६ कात्तिक १७
अमिक शेरचनः २०७६ कात्तिक १८- २०७८ वैशाख २०
सीताकुमारी पौडेलः २०७८ वैशाख २०- २०७८ साउन १२
पृथ्वीमान गुरुङः २०७८ साउन १२-

लुम्बिनी प्रदेश
उमाकान्त झाः २०७४ माघ ३- २०७६ कात्तिक १७
धर्मनाथ यादवः २०७६ कात्तिक १८- २०७८ साउन १२
अमिक शेरचनः २०७८ साउन १२- 

कर्णाली प्रदेश
दुर्गाकेशर खनालः २०७४ माघ ३- २०७६ कात्तिक १७
गोबिन्द कलौनीः २०७६ कात्तिक १८-

सुदूरपश्चिम प्रदेश
मोहनराज मल्ल- २०७४ माघ ३- २०७६ कात्तिक १७
शर्मिला कुमारी पन्त (त्रिपाठी): २०७६ कात्तिक १८- २०७८ वैशाख २०
गंगाप्रसाद यादवः २०७८ वैशाख २०-

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्