काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सारेको छ।
यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै १५ गतेका लागि सारिएको हो। नगर अधिवेशन आयोजक कमिटीको मंगलबार मेलम्चीमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो।
केन्द्रको निर्णय अनुसार देशका अधिकांश स्थानमा कात्तिक ९ गते पालिका अधिवेशन सम्पन्न भए पनि मेलम्चीमा भने पूर्वनिर्धारित मिति २ पटक सरेकाे हो।
नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालले प्रविधिक कारणले अधिवेशन २ दिन सार्नु परेको जानकारी दिए। नगर अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गर्ने निर्णयसमेत बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।