• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पोलिग्राफ प्रमाण नबन्ने फैसला : प्रहरीको गलत अभ्यासमा सर्वोच्चको झड्का

अनुसन्धान थप प्रमाणमुखी हुनुपर्ने सन्देश
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ९, २०७८  ०९:०२
1140x725

काठमाडौं– २०७१ चैत ४ गते हुम्ला, खार्पुनाथकी १९ वर्षीया युवती सरिता शाहीको शंकास्पद मृत्यु भयो। शाहीको मुत्यु घटनामा प्रहरीले खार्पुनाथकै २५ वर्षीय सपुर धामीलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्‍यो। 

शाहीको मृत्यु प्रकरणमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका धामीविरुद्ध अन्य प्रमाण नभए पनि पोलिग्राफ जाँचमा झुट बोलेको देखिएको भन्दै त्यसैलाई प्रमाण बनाउँदै कर्तव्य ज्यान कसुरमा हुम्ला जिल्ला अदालतमा मुद्दा दर्ता पनि भयो। जिल्ला अदालतले २०७२ वैशाख ६ गते धामीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दियो। 

पछि कर्तव्य ज्यान कसुरमा हुम्ला अदालतले २०७२ मंसिर २८ गते धामीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। जिल्लाको फैसलाविरुद्ध धामी उच्च अदालत सुर्खेत पुगे। शाहीलाई मार्नुपर्ने कुनै कारण नरहेको, युवतीको कोठामा मृत्युको बारेमा लेखिएको पत्र फेला परेको, उक्त चिठी मृतक आफैंले लेखेको भन्ने प्रमाणित समेत भएको र पोलिग्राफलाई आधार मानेर दोषी ठहर गर्दै फैसला गरिए पनि पोलिग्राफ अकाट्य प्रमाण नभएको भन्दै धामीले उच्च अदालतमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालत सुर्खेतले पनि जिल्ला अदालतकै फैसला सदर गरिदियो। 

जिल्ला र उच्चले पोलिग्राफ जाँचकै आधारमा आफूलाई दोषी करार गरेको भन्दै त्यसविरुद्ध धामी सर्वोच्चसम्म पुगेका थिए। पोलिग्राफ जाँचकै आधारमा दोषी ठहर गरिएका धामीलाई सर्वोच्च अदालतले भने निर्दोष सावित गर्‍यो। गत साउन २८ गते सर्वोच्चले फैसला गर्दै जिल्ला र उच्चको फैसला उल्ट्याइदियो। उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएसँगै पोलिग्राफ जाँच प्रमाणको रुपमा नरहने भएको छ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गरेको फैसलामा अमेरिका लगायत अन्य मुलुकले समेत पोलिग्राफ जाँचलाई प्रमाणको रुपमा ग्रहण नगरेका, नेपालको हकमा प्रमाण ऐनले समेत पोलिग्राफ जाँचलाई नचिन्ने भएकाले प्रमाणको रुपमा लिन नसक्ने उल्लेख गरेको छ। 

‘नेपालको सन्दर्भमा पोलिग्राफ परीक्षणका लागि कुनै कानुनी आधारसहित फौजदारी न्यायसँग सम्बद्ध सबै सरोकारवाला निकायहरुका लागि समान रुपमा लागू हुने सामान्य कानुन, नियम, मापदण्ड, निर्देशिका जारी भएको देखिँदैन। प्रहरी प्रधान कार्यालयले आफ्नो आन्तरिक प्रयोजनाका लागि पोलिग्राफ निर्देशिका २०७० र पोलिग्राफ सञ्चालन कार्यविधि मात्रै जारी गरेको देखिन्छ। तर, प्रमाण ऐन २०३१ ले पोलिग्राफ परीक्षणलाई चिन्दैन। प्रमाण ऐनमै उल्लेख नभएको विषयलाई अदालतले नचिन्ने भएकाले पोलिग्राफलाई प्रमाणको रुपमा लिन सकिँदैन’, फैसलामा भनिएको छ। 

पोलिग्राफलाई वैज्ञानिक रुपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानुनी आधारहरु तयार नभएको, परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका मौलिक हक अधिकारमा आघात पर्न सक्ने, पोलिग्राफले अभियोग प्रमाणित गर्न वा खण्डित गर्न कुनै खास तार्किक आधार दिन नसक्ने, यसको परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण हुने भएपनि मुद्दाको सिलसिलामा प्रमाणको स्थान ग्रहण गर्न नसक्ने सर्वोच्चको फैसला छ। 

सर्वोच्चको यो फैसलासँग सहयोगी प्रमाणको रुपमा पेश हुँदै आएको पोलिग्राफ परीक्षण रिपोर्ट अब मिसिलमा समेत समावेश गर्न नमिल्ने कानुनविदहरुको भनाइ छ। यसअघिसम्म प्रहरीदेखि राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले पोलिग्राफ परीक्षण रिपोर्ट मिसिलमा समावेश गर्दै आएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चको यो फैसलाको सन्देश अनुसन्धान थप प्रमाणमुखी हुनुपर्छ भन्ने पनि रहेको फौजदारी कानुनका विज्ञ (अपराधशास्त्री), काठमाडौं स्कुल अफ ल का प्रोफेसर सुरज बस्नेत बताउँछन्। ‘यो फैसलाले व्यक्तिको मौलिक हक, गोपनियता सुरक्षासँगै अनुसन्धान थप प्रमाणमुखी हुनुपर्छ भन्ने सन्देश दिएको छ’, बस्नेत भन्छन्, ‘बयान र पोलिग्राफ परीक्षणले भन्दा पनि प्रमाणले अभियोग पुष्टि गर भन्ने सन्देश हो।’

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँर पनि प्रहरीले पोलिग्राफमा मात्रै आधारित रहेर अनुसन्धान नगर्ने र अन्य सबुत प्रमाणहरु पनि संकलन गर्ने भएकाले सर्वोच्चको फैसलाले अनुसन्धान थप प्रमाणमुखी बन्न सक्ने बताउँछन्। ‘यसअघि पनि पोलिग्राफमा मात्रै आधारित रहेर अनुसन्धान गरिँदैनथियो। खाली सहयोगी प्रमाणको रुपमा मात्रै पोलिग्राफलाई लिइँदै आएको छ’, कुँवर भन्छन्।

प्रहरीको गलत अभ्यासमा झड्का
अमेरिकी दूतावासको सहयोगमा नेपाल प्रहरीले पोलिग्राफ परीक्षण विधि नेपाल भित्र्याएको थियो। दूतावासले सुरुवाती चरणमा प्रहरीका केही कर्मचारीलाई ३ महिनाको तालिम दिएर पोलिग्राफ परीक्षकको प्रमाण-पत्र दिएको थियो। त्यसपछि दूतावासकै सहयोगमा २०७० सालमा पोलिग्राफ परीक्षण मेसिन नेपाल प्रहरीले पाएको थियो। 

२०७० देखि अहिलेसम्म ४ हजार ३ सय ५० जनाको पोलिग्राफ परीक्षण गरिएको प्रहरीको तथ्यांक छ। जसमध्ये २ हजार २ सय ६२ जनाले झुटो बोलेको प्रहरीको तथ्यांकमा उल्लेख छ। सामान्यतया अन्य प्रमाणबाट अभियोग पुष्टि भएको अवस्थामा प्रहरीले पोलिग्राफ परीक्षण गर्दैन। अन्य प्रमाणबाट पुष्टि नभएको र अन्य प्रमाण नभएको अवस्थामा प्रमाणको रुपमा भन्दै प्रहरीले पोलिग्राफ परीक्षण गर्दै आएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य प्रमाण नभएपछि अन्तिम विकल्पको रुपमा पोलिग्राफ परीक्षण गर्ने र त्यही आधारमा मुद्दा चलाउने गलत प्रवृत्ति प्रहरीमा अहिले पनि व्याप्त छ। त्यसको पछिल्लो उदाहरण हुन्, सपुर धामी। अन्य प्रमाण नभएपछि उनलाई पोलिग्राफ परीक्षणकै आधारमा मुद्दा चलाएर ६ वर्षसम्म थुनिएको थियो। प्रहरीको यस्तो गलत अभ्यासलाई सर्वोच्चको फैसलाले ठूलो झड्का लागेको अपराधशास्त्री बस्नेत बताउँछन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्