• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दार्जीलिङमा दशैंको ताक पारेर पार्टी खोल्ने फेसन

64x64
नेपाल लाइभ बुधबार, असोज १८, २०७४  ०६:५९
1140x725

कालेबुङ– दशैं हिन्दूहरूको मुख्य चाड त हो नै, राजनीतिमा चासो राख्नेहरूका लागि सल्बलाउने र नयाँ पार्टी खोल्ने सिजन पनि हो।

यस वर्षको दशैंछेक कालेबुङका कमल भट्टराईले गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट खोले। नयाँ पार्टी खोलेर उनले भने, ‘राजनीतिमा पुरानो परम्परा रहुन्जले जनताले दुःख पाउनेछन्। हिंसा, आगजनी र गुण्डागिरीको बाटोमा हिँडेर छुट्टै राज्य बनिँदैन। गोर्खाल्यान्ड त टेबलवर्क हो, नयाँ पद्धति र वौद्धिक रूपले नै मुद्दा पार लाग्नेछ।’

अघिल्लो वर्ष दशैं छेक नै सिलगढीका कृष्ण छेत्रीले नयाँ पार्टी खोले। गोर्खा जनकल्याण मञ्च (गोजकम)। पार्टी खोलेपछि छेत्रीले भनेका थिए, ‘दार्जीलिङमा जनमुद्दा (छुट्टै राज्य) बोकेर जुन-जुन दल आए, सबैले जनताको सपनाको व्यापार गरे। प्रतिबद्ध रूपले जनताको सपनालाई सम्बोधन कसैले नगर्ने देखेपछि हामी अघि सरेका हौं।’

उनीभन्दा अघि परारको दशैं छेक अमर राईले नयाँ पार्टी खोले, प्रोग्रेसिभ पिपल्स पार्टी (पिपिपी)। राईले भनेका थिए, ‘पहिले पहाडको विकास हुनुपऱ्यो, त्यसपछि मात्र मूल मुद्दामा पुग्न सकिन्छ। अभावमा राजनीति हुँदैन। हाम्रो पार्टीको मूल एजेन्डा हो- पहाडको विकास।’

मजदुर संगठनबाट चिनिएका अमर राईको पहाडको विकास गर्ने पार्टी एकै वर्षमा हरायो। अस्तित्व संकट भोगिरहेको पिपिपीले न त जनमुद्दा अघि सार्न सक्यो, न त आफैं अघि सर्न सक्यो। 

भर्खर १०५ दिनको बन्द सकियो, कुरा १६ अक्टोबरमा दिल्ली र नवान्नमा बैठकमा पुगिसकेको छ। ११ जनाको ज्यान गयो। धेरै घाइते छन्। सैयौं जेलमा छन्। यसबीच यी दुई पार्टी पिपिपी र गोजकम दुवै सिनमा थिएनन्।

‘दार्जीलिङ जिल्लालाई लिएर मात्र छुट्टै राज्य गोर्खाल्यान्ड गठन गर्नु सम्भव छैन। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार अनि जलपाइगढी मिलाएर गोर्खाल्यान्ड राज्य बनाउन हामी आन्दोलन गर्नेछौं, भन्ने कृष्ण छेत्रीले २५ सेप्टेम्बरका दिन पार्टी विघटन गरेका छन्।

‘दुईपल्ट आमरण अनशन बसें, पहाडभरि पोस्टरिङ गरें, हजारौंलाई भेटें तर कसैले पनि इमान्दार रूपले मलाई सहयोग नै गरेन,’ पार्टी विघटन गरेपछि कृष्ण छेत्रीले दुःख पोखे, ‘मैले पैसा खर्च गरेर मुद्दा बचाउन र आन्दोलन गर्न सकिनँ।’

Ncell 2
Ncell 2
nimb
nimb

कृष्ण छेत्रीसित नयाँ पार्टी खोलेको एक वर्षको अनुभव के होला? छेत्रीलाई लाग्छ, जोसित पैसा छ, राजनीति उसैले गर्न सक्छ।

‘९० प्रतिशत मानिस, जति मलाई भेट्न आए सबैले पैसा मागे, १० प्रतिशत मानिस मात्र मनैले गोर्खाल्यान्डप्रति समर्पित पाएँ,’ छेत्रीको अनुभव रहेछ, ‘पहाडमा जो पनि राजनीति गरिरहेका छन्, मुद्दा र जाति बेच्नेहरू हुन्। बंगालसित जो बिक्छ, ऊ नै पहाडमा टिक्छ। गोर्खाल्यान्डप्रति इमान्दार कोही नेता छैनन्, जनता पनि पैसाकै पछि मात्र छन्।’

उनलाई पहाडमा गोर्खाल्यान्डको आन्दोलन गर्न पैसा हुनुपर्ने अनुभव छ। भन्छन्, ‘डा. हर्कबहादुर छेत्रीहरूसित कति पैसा छ, त्यतिन्जेल जनआन्दोलन पार्टी बाँच्छ। विनय, अनितहरू बेचिएकैले बाँचिरहेका छन्।’

पिपिपी खोलेर बसेका अमर राईलाई अहिले राजनीति गर्ने सही समय हो भन्ने लाग्दैन। उनको दलको पञ्जीकरण प्रकिया चलिरहेको छ। ‘यो प्रक्रिया सकिएपछि तिहारपछि दललाई सक्रिय गर्नेछौँ,’ राई भन्छन्, ‘तिहारपछि दलको बैठक हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

’गोर्खाल्यान्डको पछिल्लो आन्दोलन अवसानतिर गइसकेको छ। विनय तामाङहरू जिटिएतिरै फर्किएका छन्। विमल जङ्गलमा छन्। जनता १०५ दिने बन्दले पीडित छन्। आर्थिक समाज भत्किसकेको छ, तरै पनि पिपिपी मौन?
अमर राई ‘मौनता पनि गतिलो राजनीति हो’ भन्छन्। तिहारपछि उनको मौनता तोडिने हो कि?

ठिक दशैंको छेकमा लगभग गोरामुमोकै झण्डामार्का झण्डा बोकेर आएका कमल भट्टराई भन्छन्, ‘अब राजनीति पहाडमा गरेर हुँदैन, दिल्लीमा गर्नुपर्छ। जनतालाई दुःख दिएर, झण्डा बोकाएर होइन पूरै दस्तावेजसित दिल्लीमा वौद्धिकतासित आन्दोलन गर्नुपर्छ।’

उनकै चरित्रका सिद्धान्तसित आएका कृष्ण छेत्रीले पार्टी विघटन गरे। पिपिपी पनि दृश्यमा छैन। यसपालि गल्फ (गोर्खा युनाइटेड लिबरेसन फ्रन्ट) यसरी आएको छ कि यसको कतै चर्चा छैन। न त यो दल नै प्रभावशाली रूपले आएको छ, न त क्षमताशील नेतृत्व नै यस दलमा देखिन्छ। यस्तोमा कमल भट्टराईहरूको दशैं फेसन पार्टी टिक्लान् त?

प्रकाशित मिति: बुधबार, असोज १८, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्