• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसकारण काठमाडौं हैजाको जोखिममा छ

डा. शेरबहादुर पुन बिहीबार, कात्तिक ४, २०७८  १४:४१
1140x725
काठमाडौं उपत्यका।

कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा असोज १८ देखि पखाला र बान्ताको कारणले ८८५ जना बिरामी भए। चार जना बिरामीको निधन पनि भयो। तीमध्ये तीन जना त १० वर्ष मुनिका थिए। 

नमूना परीक्षणबाट चार जनामा हैजाको जीवाणु पुष्टि भएको थियो। त्योसँगै ईकोलाई जीवाणु पनि देखिएको थियो। यो घटनाले फेरि कोरोनाकाल भन्दा अगाडि वर्षेनी देखिँदै आइरहेको नन–कोभिड संक्रामक रोगहरुले एकपछि अर्को कमब्याक गरेको संकेत दिइरहेको छ।  

हैजा विशेषत: ब्याक्टेरिया (हैजाको) मिश्रित पानी वा खानेकुराको उपभोग गर्दा संक्रमण हुने गर्दछ। यो छोटो समयमा तीब्र गतिमा फैलने गर्दछ। कृष्णनगर नगरपालिकामा पनि झाडापखाला छोटो समयमा सयौं संक्रमित भएको देखिन्छ। 

डा. शेरबहादुर पुन

समयमा पहिचान गरी उपचार गर्न नसके २० देखि २५ प्रतिशतसम्म संक्रमितको मृत्यु हुन सक्छ। तर, समयमा उपचार पाए यसको मृत्युदर एक प्रतिशतभन्दा कम गर्न सकिन्छ। कृष्णनगरका वडाहरुमा फैलिएको हैजाको मृत्युदर पनि एक प्रतिशतभन्दा कम देखिएको छ।

तत्काल अस्पताल पुर्‍याउन सकेकोले वा उपचार पाएकोले ठूलो मानवीय क्षति हुन पाएको देखिँदैन। मृत्यु हुनेहरुमा घरमा बसेका, निजी क्लिनिक वा अस्पताल ल्याउँदै गर्दाहरु (ढिलो भएको देखिन्छ) छन्। हैजाका झाडापखाला यति घातक हुन्छ कि केही घण्टाभित्र संक्रमितले उपचार नपाए मृत्यु समेत हुने गर्दछ। तसर्थ, हैजाको संक्रमण पुष्टि भए तुरुन्त सम्बन्धित निकायमा खबर गरिहाल्नु पर्ने बाध्यकारी नियम पनि छ।

हैजाको सेरो समूह ‘ओ १’ र ‘ओ १३९’ घातक र महामारीको रुप लिनसक्ने भएकोले विश्व स्वास्थ संगठनमा ‘कलेरा’ को नामले रिपोर्ट गर्ने गरिन्छ। यसको ‘एलटोर’ र ‘क्लासिकल’ गरी दुई बायोटाइप हुन्छन्। बायोटाइप पनि ओगावा, इनाबा र हिकोजिमा गरी तीन सेरोटाईपमा वर्गीकरण गरिएका छन्। 

कृष्णनगर नगरपालिका वडाहरुमा देखिएको हैजा ‘ओ १’ सेरो समूहको ओगावा सेरोटाईप भनिएको छ। संक्रमण गरेको १२ घण्टादेखि ५ दिनसम्ममा लक्षणहरु देखिने गर्दछ। चामल माढेर निकालेको पानी जस्तो दिसा देखिनु, बान्ता हुनु, पेट वा खुट्टाको मांशपेशीका बौडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु यसका मुख्य लक्षणहरु हुन्। 

मुटुको चाल तीब्र हुनु, रक्तचाप घट्नु, छाला सुक्खा हुनु, छाला टनकाउँदा पूर्ववत् अवस्थामा ढिलो फर्कनु आदि जस्ता समस्या वा अवस्थाहरु देखिने गर्दछ। समयमा उपचार नपाए मिर्गौला फेल हुने र अचेत अवस्थामा गएको केही घण्टामा बिरामीको मृत्यु समेत हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

५ देखि १० प्रतिशत संक्रमितहरुमा कडा हैजा देखिने गर्दछ। हैजाका लक्षणहरु पनि अरु संक्रमणका कारणले हुने झाडापखाला जस्तै देखिने भएकोले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित निदान गर्न सकिन्छ।                    

केही वर्षको फरकमा काठमाडौंमा पनि हैजा देखिने गरेको पाइन्छ। कोरोनाको दोस्रो लहर शिथिल हुँदै जाँदा काठमाडौंमा मानिसहरु घरबाहिर निस्कने वा रमाउने क्रम बढ्दो छ। घरबाहिर खानपान गर्ने जीवनशैली पनि बढ्दै गइरहेको छ। विशेष गरेर सडकका छेउछाउमा बेचिने खाने कुराहरुको सरसफाइमा सबैले राम्रो ध्यान नदिएको हुन सक्छ।

विगतमा पनि विशेषगरी यस्तै ठाउँहरुमा राखिएका खानेकुराहरुबाट हैजा फैलिएको पनि पाइएको थियो। केही वर्षअघि जारका (कम्पनीको नाम थाहा नभएका) पानी प्रयोग गर्नेहरुमा हैजा फैलिएको पाइएको थियो। म आफैंले यस विषयमा अवलोकन गर्दा सुरुमा धेरैले विश्वास गरेका थिएनन्। तर, पछि विभिन्न प्रयोगशालाहरुमा परीक्षण गर्दा हैजाका जीवाणुहरु पुष्टि भएका थिए। 

हाल मानिसहरु काठमाडौं र अन्य शहरबीच आवतजावत हुने क्रम बढ्दै गइरहेको छ। यसले गर्दा एक शहर/गाउँमा देखिएको संक्रमण अर्को शहर/गाउँमा सहजै पुग्न सम्भावना बढाउँछ। संक्रमितको दिसामा १० दिनसम्म हैजाका किटाणुहरु निस्किरहेको हुन्छ। जसले गर्दा संक्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहन्छ। 

काठमाडौं नेपालको संघीय राजधानी र सबैभन्दा बढी जनघनत्व भएको तर अव्यवस्थित शहर हुनु, मानिसको व्यापक आवतजावत हुने, अव्यवस्थित ढल तथा व्यापक रुपमा असुरक्षित व्यावसायिक पानीको प्रयोग आदिले हैजाको जोखिम काठमाडौंमा छैन भन्ने आधार देखिँदैन।

म आफैंले युवा अवस्थामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिँदा मनसुन सिजनको समयमा घण्टामा नै ४०–५० सम्म हैजाका कारणले भर्ना हुने बिरामी देखेको छु र त्यो अनुभव म सँग छ। त्यो बेला अस्पतालको सीमित शय्याका कारण भूँइमा राखेर उपचार गरिन्थ्यो।

त्यसैले पनि होला शुक्रराज अस्पताललाई विशेषत: ‘झाडापखालाको अस्पताल’ भनेर पनि चिन्ने गरिन्थ्यो। तर, अहिले परिस्थिति बदलिसकेको छ। केही वर्ष यता अस्पतालले झाडापखालाभन्दा पनि नयाँ–नयाँ इमरजिङ्ग सरुवा रोगहरुसँग जुध्दै आइरहेको छ। कोरोना र डेंगु महामारीमा यस अस्पतालले खेलेको भूमिका यसको ज्वलन्त उदाहरणहरु हुन्। तर, आजको दिनमा पनि हैजा पहिचान गर्नमा नै धेरै समय लाग्नुले हाम्रो प्रतिकार्य अझै सशक्त हुन जरुरी रहेछ भन्ने देखाउँछ। 

हैजा तीब्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरु मात्र अपनाउन सके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ। साबुनपानीले हात राम्ररी धुने (खासगरी शौचालय गएपछि), सफा र सुरक्षित  खाना र पानीको उपभोग गर्ने जस्ता सरल उपायहरु अपनाउन सके हैजाबाट बच्च पर्याप्त हुनेछ।      

(डा पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त आइतबार, भदौ २१, २०८३
पुटिनद्वारा किएभमा ७२ घण्टा आक्रमण रोक्न आदेश, शान्ति वार्ताका लागि खुल्यो बाटो आइतबार, भदौ २१, २०८३
भोटेकोशीको बाढीले रसुवागढी आयोजनाका ९३ कामदार अझै सम्पर्कविहीन आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्