• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

९ पटक संशोधन भएको कांग्रेस विधान : कहिले के फेरियो?

64x64
लिलु डुम्रे शुक्रबार, कात्तिक १२, २०७८  ०९:१५
1140x725

काठमाडौं– नेपाली कांग्रेसको विधान अहिलेसम्म ९ पटक संशोधन भएको छ। २०१७ मा बनेको कांग्रेस विधान ३४ वर्ष पश्चात् २०५१ को चैतमा पहिलो पटक संशोधन भएको थियो। त्यसपछिका २७ वर्षमा ९ पटकसम्म विधान संशोधन गरिएको छ। कांग्रेसले २०१७ अघि बनेको विधानलाई भने आफ्नो आधिकारिक दस्तावेजमा राखेको देखिँदैन।

बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना पश्चात् कांग्रेसको विधान छिटो-छिटो परिवर्तन भएको देखिन्छ। विधानमा दोस्रो संशोधन २०५४ को मंसिरमा, तेस्रो संशोधन २०५७ को माघमा, चौथो संशोधन २०६२ को भदौमा भएको थियो।

दोस्रो जनआन्दोलन पश्चात् विधानलाई समयानुकल बनाउन विधान संशोधन गरिएको छ। पाँचौ संशोधन २०६४ को असोजमा, छैठौ संशोधन २०६६ को कार्तिकमा, सातौ संशोधन २०६९ को चैतमा,  आठौं संशोधन २०७२ को चैतमा भएको थियो।

मुलुक संघीयतामा प्रवेश गरेपछि त्यसै अनुसारको पार्टी संरचना निर्माणका लागि  २०७५ को चैतमा विधान संशोधन गरिएको थियो। संघीय संरचना अनुसारको पार्टी संरचना तथा समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधान बनाएको कांग्रेसको दाबी छ।

२०१७ अघिका महाअधिवेशनमा बनेका विधानलाई भने कांग्रेसले आफ्नो आधिकारिक दस्तावेजमा उल्लेख गरेको छैन। पार्टीको नाम, झन्डा, विधान लगायतका विषय टुंग्याउन २००३ माघ १२ र १३ गते कलकत्तामा प्रथम अधिवेशन आह्वान भएको थियो। २००४ साल माघ २०–२२ गते बनारसमा दोस्रो अधिवेशनमा सभापतिलाई बैधानिकता दिने कार्यका लागि सभापतिको प्रस्तावक बन्ने व्यवस्था राखिएको थियो। बीपी कोइरालालाई वैधानिक सभापति बनाउने उद्देश्यले गणेशमान सिंह र नरेन्द्र रेग्मीले उनलाई सभापतिमा प्रस्ताव गरेका थिए। सिंह र रेग्मीको प्रस्तावलाई कृष्णप्रसाद भट्टराई, देवव्रत परियार र बालचन्द्र शर्माले समर्थन गरे।

२०१२ माघ ९ मा विरगञ्जमा भएको छैठौं महाधिवेशनमा राजालाई हेर्ने दृष्टिकोणमा विशेष प्रस्ताव पारित पारेको थियो। पार्टीको विधानमा समाजवाद व्यवस्था प्राप्त गर्नु उद्देश्य रहेको उल्लेख गरिएको थियो। ‘नेपालमा श्री ५ महाराजधिराजको वैधानिक नायकत्वलाई स्वीकार’ गर्ने विधानमा उल्लेख थियो। वालिग मताधिकारको आधारमा चुनिएका विधान परिषदको व्यवस्था विधानमा समावेश गरिएको थियो।

बहुदलीय व्यवस्था पश्चात् भएको ९ औं महाधिवेशनमा पार्टीको आन्तरिक निर्वाचनलाई विकेन्द्रित गर्ने विधान बनाइएको थियो। २०५३ को वैशाख २६ देखि २८ सम्म ९ औं महाधिवेशन भएको थियो। विधानको व्यवस्था अनुसार वडादेखि महाधिवेशन प्रतिनिधिसम्मको प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन भएको थियो। यसअघिका महाधिवेशनमा सभापतिका लागि मात्रै निर्वाचन गर्ने व्यवस्था थियो। विधानमा व्यवस्था नभएपनि सभापतिमा निर्वाचित गिरिजाप्रसाद कोइरालाले शैलजा आचार्यलाई उपसभापति बनाएका थिए।

१० औं महाधिवेशनमा आइपुग्दा पाँच विकास क्षेत्रबाट १/१ केन्द्रीय निर्वाचित हुने प्रावधान ल्याइयो। दशौं महाधिवेशन २०५७ माघ ६–९ सम्म पोखरामा भएको थियो। दशौं महाधिवेशनबाट भने केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्यको निर्वाचित गर्ने प्रावधान राखियो।

nimb
nimb
Ncell 2
Ncell 2

११ औं महाधिवेशनमा आइपुग्दा कांग्रेसले राजतन्त्रप्रतिको धारणा स्पष्ट गर्नुपर्ने अवस्थामा आइपुगेको थियो। विधानबाट कांग्रेसले ‘संवैधानिक राजतन्त्र’ हटायो। ११ औं महाधिवेशनअघि बसेको केन्द्रीय समितिले विधानबाट ‘संवैधानिक राजतन्त्र’ शब्दावली हटाएर मौन रहने निर्णय गरेको थियो। ‘संवैधानिक राजतन्त्र जनता र राजाबीच सम्झौताका रूपमा स्थापित मान्यता हो। यो सम्झौता स्वयं राजाबाट नै पटक–पटक तोडिएको सन्दर्भमा एकतर्फी रूपमा हाम्रो पार्टी विधानको प्रावधानमा समेत यो सान्दर्भिक रहन नसक्ने कुरा स्पष्ट छ।’ १० औं महाधिवेशनमा प्रस्तुत र पारित राजनीतिक प्रस्ताव तथा कार्यदिशामा राजसंस्थाको सन्दर्भमा भनिएको थियो।

बाह्रौं महाधिवेशनमा आइपुग्दा केन्द्रीय समितिमा अञ्चल, महिला, आदिवासी, मधेसी, दलित, मुस्लिम लगायतलाई समेट्ने गरी विधान बनाइयो। जसअनुसार, खुलाबाट २५, अञ्चलबाट १४, महिलाबाट ६, दलितबाट २ महिलासहित ५, मधेसीबाट २ महिलासहित ५, आदिवासी जनजातिबाट २ महिलासहित ५ र मुस्लिमबाट १ जना चुनिने व्यवस्था गरिएको थियो। सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री सहित २१ केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था गरिएको थियो। सभापतिले मनोनित गर्दा २१ जनामा पनि महिला, मधेसी, आदिवासी  जनजाति, दलित र मुस्लिम एकएक जना र अन्य १६ हुनुपर्ने व्यवस्था गरिएको थियो।

पछिल्लो पटक संशोधन गरिएको विधान समावेशिताको आधारलाई पच्छाइएको दाबी गरिएको छ। साथै, पदाधिकारीमा कोषाध्यक्ष बाहेकका अन्य पदमा निर्वाचन हुने प्रावधान राखिएको छ। यसअघि कोषाध्यक्ष बाहेकलाई सभापतिले मनोनित गर्ने व्यवस्था थियो। पदाधिकारीको संख्या १४ जना पुर्‍याइएको छ। सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, कोषाध्यक्ष एक र सह कोषाध्यक्ष ८ जना बनाइएको छ। समावेशितालाई सम्वोधन गर्नका लागि सह महामन्त्री आठ जना बनाइने भएको छ। यसअघि सहमहामन्त्री एक जना हुने व्यवस्था थियो।

टोल, वडा, गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रसहित कांग्रेसको संगठनमा आठ तहका संरचना विधानमा छन्। तल्लो तहदेखि उपल्लो संगठनसम्म महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रलाई समेटिने गरी विधान बनेको छ।

कांग्रेसको इतिहासमा सांगठनिक संरचनामा नितान्त नयाँ कार्यसमितिका रुपमा यसपटकदेखि प्रादेशिक समिति थपिएको छ। प्रदेश कार्यसमितिमा सभापति, उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री ३ मा एक जना महिला अनिवार्य गरिएको छ। सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष सहितका ९ जनाको पदाधिकारी कायम गरिएको छ। सभापति निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्नेछ।

संशोधित विधान अनुसार अबको केन्द्रीय कार्यसमिति १६८ जनाको हुनेछ। त्यसमध्ये एक तिहाई महिला उपस्थिति अनिवार्य गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्