• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका महाधिवेशनहरु : कसरी हुन्थ्यो नेतृत्व चयन?

64x64
किशोर दहाल मंगलबार, कात्तिक ९, २०७८  ११:५४
1140x725

काठमाडौं- नेकपा एमालेले गत असोज १५ देखि १७ गतेसम्म  प्रथम विधान महाधिवेशन आयोजना गर्‍यो। पार्टीको नवौं महाधिवेशनबाट पारित विधानले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई छुट्टाछुट्टै आयोजना हुने व्यवस्था गरे अनुसार यो महाधिवेशन आयोजना गरिएको हो।

यसअघि राष्ट्रिय महाधिवेशनबाट पार्टीका राजनीतिक बुझाइ, आगामी कार्यदिशा, विधानसँग सम्बन्धित दस्तावेज प्रस्तुत गरिनुका साथै नेतृत्व पनि चयन गरिन्थ्यो। अब भने मुख्यतः नेतृत्व चयनका लागि मात्रै राष्ट्रिय महाधिवेशन आयोजना गरिन्छ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुनेछ। गत भदौ ८ मा बसेको पार्टीको स्थायी कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको थियो।

अन्य कम्युनिस्ट पार्टीको तुलनामा एमालेको महाधिवेशनको क्रमसंख्या बढी हो। किनकि, माओवादी केन्द्रले सातौं महाधिवेशन गरेको छ। तत्कालीन एमाओवादीलाई विभाजित गरेर गठन गरिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पनि सातौं र सो पार्टी पनि विभाजन गरी गठन गरिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आठौं महाधिवेशन गरेका छन्। त्यस्तै, नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपाले सातौं, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल (वैधानिक मोर्चा- राष्ट्रिय जनमोर्चा)ले आठौं, सीपी मैनाली नेतृत्वको नेकपा मालेले सातौ महाधिवेशन गरिसकेका छन्। उनीहरुले अब महाधिवेशन गर्दा एक अंक बढ्नेछ।

सबैजसो कम्युनिस्ट पार्टीको महाधिवेशनको आधारबिन्दु तत्कालीन नेकपाले २०१९ सालमा गरेको महाधिवेशनको निरन्तरता हो। तर, त्यसपछि पार्टीहरु अनेकौंपटक विभाजित भएकाले क्रम संख्या पनि तलमाथि पर्दै गएका छन्। पञ्चायत कालमा पार्टीहरु भूमिगत रहेकाले नियमित रुपमा महाधिवेशन हुँदैनथे। अर्कोतिर, एकता, विभाजन र नयाँ पार्टी गठन प्रक्रिया पनि सँगसँगै चलिरहँदा महाधिवशेनको क्रम फरकफरक हुन गएको पाइन्छ।

यहाँ मुख्यतः एमाले धारको चर्चा गरिन्छ।

पुष्पलालको सक्रियता र नेतृत्वमा २००६ सालमा गठन भएको नेकपा २००८ देखि २०१३ सालसम्म प्रतिबन्धित भयो। भूमिगत रहेकै बेलामा २०१० माघ १३-१७ मा पाटनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। सो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, २०१४ जेठ १५-२५ मा काठमाडौंको फोहोरा दरबारमा दोस्रो महाधिवेशन सम्पन्न भयो। केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए। सो महाधिवशेनमा पुष्पलालको नीति पारित भएको थियो, नेतृत्वमा नीतिप्रति फरक मत राख्ने रायमाझी निर्वाचित भए। त्यसपछि भने नेकपामा चर्को विवाद सुरु भयो। अर्कोतिर, राजा महेन्द्रले 'कु' गर्दै पञ्चायत पनि लादे। पार्टीहरु प्रतिबन्धित भए। नेकपाभित्र पनि राजाको कदमलाई हेर्ने विषयमा समेत फरकफरक धार देखियो। त्यसै पृष्ठभूमिमा २०१९ वैशाख ४-१५ मा भारतको बनारसमा पुष्पलाल, मनमोहन अधिकारी, मोहन विक्रम सिंह पक्षले तेस्रो महाधिवेशन सम्पन्न गर्‍यो। तुल्सीलाल अमात्य महासचिव निर्वाचित भए।

त्यसपछि नेकपाले विभाजनको अनन्त शृंखला सुरु गर्‍यो।

एमालेको अहिलेको धार भनेको झापा विद्रोह गर्ने तत्कालीन झापा जिल्ला कमिटी, क्रान्तिकारी कम्युनिस्ट संगठन मोरङ, पूर्वको रातो झन्डा, पश्चिमको रातो झन्डा लगायतका समूहहरु मिलेर गठन भएको नेकपा माले हो। जो २०३५ सालमा स्थापना भएको थियो। यो पार्टीले २०४६ भदौमा चौथो महाधिवेशन आयोजना गरेको थियो। २०१९ सालको क्रमसँग संगति मिलाउँदै महाधिवेशनको क्रम निश्चित गरिएको थियो। यो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०४७ पुस २२ मा माले र मार्क्सवादीबीच एकता भयो। र एमाले बन्यो। एकतापछि नेतृत्वका लागि अध्यक्ष पद सिर्जना गरियो। पार्टी अध्यक्ष नेकपा (मार्क्सवादी)का मनमोहन अधिकारीलाई बनाइयो। भण्डारी महासचिव बने। अध्यक्ष सेरेमोनियल पद थियो, महासचिव कार्यकारी।

एमालेले २०४९ माघ १४-२० मा काठमाडौंमा पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यो। भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) पारित गरियो। अधिकारी र भण्डारीले क्रमशः अध्यक्ष र महासचिवमा नै निरन्तरता पाए।

०५० जेठ ३ को दासढुंगा घटनामा भण्डारी र आश्रितको निधन भएपछि माधव नेपाल महासचिव बनाइए।

०५४ माघ १२-१८ मा नेपालगञ्जमा एमालेको छैटौं महाधिवेशन सम्पन्न भयो। महाकाली सन्धी लगायतका विषयमा पार्टीमा स्पष्ट दुई धार रहेको अवस्थामा यो महाधिवेशन आयोजना गरिएको थियो। महाधिवेशनमा महासचिव माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस भएको थियो।

वामदेव गौतमले ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यनीति’ नामको फरकमत प्रस्तुत गरेका थिए। राजनीतिक प्रतिवेदनमाथि मतदान हुँदा पक्षमा ५९८ र विपक्षमा २४४ मत परेको थियो। १० जना तटस्थ बसेका थिए। महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित गर्‍यो। ‘विकृति र विसंगतिको विरुद्ध संघर्ष गरौं, विचारधारात्मक रुपले पार्टीलाई एकताबद्ध पारौं’ भन्ने नाराका साथ सम्पन्न सो महाधिवेशनले पार्टी विभाजन भने रोक्न सकेन। महाधिवेशनअघि देखि नै सुरु भएको विवाद महाधिवेशनको अवधि र त्यसपछि सम्म कायम रह्यो। वामदेव गौतमको नेतृत्वमा पार्टी विभाजन भयो। विभाजित भएर जानेमध्येको ठूलो हिस्सा सातौं महाधिवेशनअघि नै एमालेमा फर्कियो।

त्यस्तै, एमालेले ०५९ माघ १८-२२ मा जनकपुरमा ‘प्रजातन्त्र शान्ति र समग्र विकास, प्रतिगमनको विरुद्धमा अग्रगामी निकास’ भन्ने नाराका साथ सातौं महाधिवेशन गर्‍यो। महाधिवेशनमा महासचिव माधवकुमार नेपालको ‘राजनीतिक संगठनात्मक प्रतिवेदन’, केपी शर्मा ओलीको ‘पार्टी जीवनको प्रजातान्त्रीकरण सम्बन्धी धारणा र विधानहरु संशोधन मस्यौदा प्रस्ताव’ लगायतका चार वटा दस्तावेजहरु प्रस्तुत भए। तर, महासचिव नेपालबाहेकका अन्य दस्तावेज स्थगित भए।

महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीमा नेपाल पक्षका झन्डै दुई तिहाइ सदस्य थिए। जसले गर्दा उनी निर्विरोध महासचिव चुनिए। यद्यपि, केन्द्रीय कमिटीमा अशोक राईले सर्वाधिक मत पाएका थिए। केन्द्रीय कमिटीमा अशोक राई (८५१), भरतमोहन अधिकारी (८२२), साहना प्रधान (८१७), माधवकुमार नेपाल (८०७), मोदनाथ प्रश्रित (७९७), प्रदीप नेपालल (७६७), वामदेव गौतम (७६०), केपी शर्मा ओली (७०९) लगायत विजयी भएका थिए।

एमालेले ०६५ फागुन ५-१४ मा बुटवलमा आठौं महाधिवेशन सम्पन्न भयो। अधिकारीको मृत्युपछि छाडिएको अध्यक्ष पद पुन प्रयोगमा ल्याइयो। पार्टीलाई बहुपदीय प्रणालीमा लगियो। महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १ र सचिव ३ जनाको लागि निर्वाचन भएको थियो। महाधिवेशनमा अध्यक्षका लागि झलनाथ खनाल र केपी शर्मा ओली प्रतिस्पर्धी बनेका थिए। खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै पाए। यसरी एमालेको पहिलो कार्यकारी अध्यक्ष बन्ने अवसर पाए, खनालले।

उपाध्यक्षमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित भएका थिए। राई र भण्डारी ओली प्यानलबाट निर्वाचित भएका थिए। उपाध्यक्षको उम्मेदवार बनेका भरतमोहन अधिकारी, साहना प्रधान र भीम रावल पराजित भएका थिए। अधिकारीले दुवै प्यानलको समर्थन पाएका थिए। तर जित्न भने सकेनन्। महासचिवमा त्यतिबेला खनाल निकट रहेका ईश्वर पोखरेलले ओली समर्थित प्रदीप नेपाललाई पराजित गरेका थिए। त्यस्तै, सचिवमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली निर्वाचित भएका थिए। पौडेल र पोखरेल ओली पक्षबाट प्रतिस्पर्थी बनेका थिए। सचिवको उम्मेदवार बनेका रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ र रघुवीर महासेठ पराजित भएका थिए।

नवौं महाधिवेशन माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली

एमालेले २०७१ असार १९- साउन १ मा काठमाडौंमा नवौं महाधिवेशन आयोजना गर्‍यो। यो महाधिवेशनमा पनि गुटको आधारमा प्यानल बनाएरै नेतृत्व चयनका प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १, उपमहासचिव २ जना, सचिवमा ५ जनाका लागि निर्वाचन भएको थियो।

प्रतिस्पर्धामा अध्यक्षमा केपी ओली निर्वाचित भए। उनले १०४७ मत पाए। प्रतिस्पर्धी माधव नेपालले १००३ मत पाए। उपाध्यक्षमा ओली प्यानलबाट वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, धर्मनाथ साह, किरण गुरुङ र नेपाल प्यानलबाट भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डित, राजेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा उत्रिएका थिए। गौतम, भण्डारी, रावल, ज्ञवाली र शाक्य निर्वाचित भए।

महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल प्यानलबाट सुरेन्द्र पाण्डे प्रतिस्पर्धी भएका थिए। पोखरेलले १०३६ मत पाउँदै विजयी भए। पाण्डेले १०३० मत पाए। त्यस्तै, उपमहासचिवमा ओली प्यानलबाट विष्णु पौडेल र शंकर पोखरेल प्रतिस्पर्धी बने। नेपाल प्यानलबाट घनश्याम भुसाल र रघुजी पन्त प्रतिस्पर्धी बने। पौडेल र भुसाल निर्वाचित भए। उनीहरुले क्रमशः १०८२ र १०९७ मत पाए।

सचिवमा ओली प्यानलबाट प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ प्रतिस्पर्धी बने। नेपाल प्यानलबाट गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, पर्शु मेघी गुरुङ र बेदुराम भुसाल प्रतिस्पर्धी बने। ज्ञवाली, गुरुङ, विष्ट, भट्टराई र आचार्य निर्वाचित भए।

दशौं महाधिवेशनअघि नेकपा एमाले विभाजित भएको छ। नवौं महाधिवेशनका बलिया प्रतिस्पर्धी माधव नेपालको नेतृत्वमा गत भदौमा बेग्लै पार्टी गठन भएको छ, नेकपा एकीकृत समाजवादी। त्यसैले एमाले अहिले जस्तो स्वरुपमा छ, त्यहाँभित्र अध्यक्ष ओली अत्यन्तै बलिया छन्। उनले चाहेको खण्डमा उनी नै अध्यक्ष बन्ने अवस्था देखिन्छ। अन्य पदाधिकारी पनि उनले नै चाहे अनुसार आउने आकलन गर्न सकिन्छ।

दशौं महाधिवेशनमा एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १, सचिव ७ जना निर्वाचित हुनेछन्। प्रथम विधान महाधिवेशनले १५ जना पदाधिकारी सहित २२५ सदस्यीय केन्द्रीय कमिटी हुने निर्णय गरेको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:५४
  • #एमाले_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्