• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अर्को चुनावमा नयाँ शक्ति प्रमुख शक्तिको रुपमा आउँछ : बाबुराम भट्टराई

64x64
नेपाल लाइभ बुधबार, जेठ ३०, २०७५  ०८:३९
1140x725

दुई वर्षअघि आजैको दिन दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा भएको थियो। यसबीचको उसको यात्रा निकै उचारचढावपूर्ण रह्यो। यसबीच पार्टीले नेपाली राजनीतिले एउटा युग पार गरेकाले अबको नयाँ युगलाई नेतृत्व गर्न नयाँखाले नेतृत्व आवश्यक रहेको बहसलाई स्थापित गर्न सक्यो। तर, यसबीचमा भएका तीन वटै तहका चुनाव भने उसका लागि उत्साहपूर्ण रहन सकेन।

यो दुई वर्षको यात्रालाई पार्टीका संयोजकका हिसाबले डा बाबुराम भट्टराईले कसरी मूल्यांकन गरिरहेका छन्? पार्टी अहिले जहाँ आइपुगेको छ, त्यो उनको पूर्वानुमान बमोजिम नै हो? अब पार्टीका रणनीति कस्ता छन्? यिनै विषयमा केन्द्रित रहेर डा भट्टराईसँग नेपाल लाइभका लागि किशोर दहालले बुधबार बिहान भट्टराईसँग गरेको कुराकानीः

दुई वर्षअघि आजैको दिन नयाँ पार्टीको रुपमा 'नयाँ शक्ति नेपाल' घोषणा गर्नुभयो। त्यस साँझ निदाउनुअघिको उत्साहलाई कसरी सम्झिनुहुन्छ?

कुनै पनि महान् र ऐतिहासिक कामको सुरुवात गर्दा गर्वको अनुभूति हुन्छ। त्यतिबेला हामीले नयाँ विचारको बीउ रोपेका हौं। बच्चा जन्मँदा बाबुआमालाई खुसी लाग्छ नै। बच्चा बिस्तारै युवा बन्दै जान्छ। तर, त्यसको एउटा क्रम हुन्छ। हामी त्यही क्रममा छौं।

त्यही उत्साहको निरन्तरता कत्तिको छ अहिले?

विल्कुल छ। त्यो उत्साह अहिले पनि छ। तर, आम बुझाइमा भने अलि फरकपनहरु छन्। केही मानिसमा भने भइरहेका पार्टीहरु जस्तै अर्को एउटा थप पार्टी मात्रै हो, यसले पनि केही लोकप्रियतावादी कुरा गरेर त्यसैमार्फत सत्तामा पुग्छ भन्ने बुझाइ रह्यो।

हाम्रो बुझाइ अलि फरक छ। नेपाली 8 लामो लोकतान्त्रिक रुपान्तरणको प्रक्रियापछि विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ। यसलाई नयाँ विचार, नीति र कार्यक्रमसहितको, नयाँ सोच र भिजन भएका मानिसहरुको सहभागिता र नेतृत्वबाट नै नेपाललाई छोटो समयमा समृद्ध बनाउन सकिन्छ। लोकतन्त्रका लागि त्याग र बलिदान गरेका पुराना साथीहरुलाई धन्यवाद दिँदै नयाँ युगमा नयाँ सोचसहितको नयाँ शक्ति चाहिन्छ भन्ने हाम्रो अभियान हो। यसलाई जनतामा भिज्न, जनआधार निर्माण गर्न, भौतिक शक्ति बन्न अलिकति समय लाग्छ। त्यसैले धैर्यपूर्वक अघि बढ्नुपर्छ भन्ने मान्यता हामी राख्छौं।

त्यसैले भइरहेकै पार्टीहरु जस्तै अलिकति लोकप्रिय कुरा गर्ने, सत्ता पुगिहाल्ने र लाभ लिइहाल्ने एकथरी दृष्टिकोण भयो। त्यस्तै, युग परिवर्तनका लागि दीर्घकालीन काम हो भन्ने दोस्रो दृष्टिकोण हो। यी दुइटाको बुझाइले गर्दा यसको मूल्यांकनमा थोरै अन्तर आएको छ। तर, हामी दोस्रो धार समातेर हिँडेका हौं।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो भए, नयाँ शक्ति दुई वर्षयता जुन ठाउँमा आइपुगेको छ, त्यो तपाईंले पूर्वानुमान गरे अनुसारकै हो?

विल्कुल हो। बरु, सुरुवातमा अपेक्षा गरेभन्दा बढी नै जनताको आकर्षण देखियो। त्यतिबेला धेरै मानिसले बुझेर वा नबुझेर यसप्रति आकर्षित हुने,  पार्टी प्रवेश गर्ने लहर चल्यो। त्यसैले तुरुन्तै नै यो पार्टी सत्तामा पुग्छ भन्ने मानिसमा भ्रम फैलियो।

म एउटा विज्ञानको विद्यार्थी हुँ। यस्ता महान् कामहरु, दूरगामी सोचहरुलाई जनमनमा हुर्काउन अलिकति समय लाग्छ भन्नेमा मेरो विश्वास रहन्छ। त्यसैले यसले अलिकति समय लिन्छ भन्ने मेरो सुरुदेखिको आकलन थियो। त्यसैले म कत्ति पनि निरुत्साहित छैन। मेरो हौसला पहिले जस्तो थियो, अहिले पनि त्यत्तिकै छ। त्यसैले हामी नयाँ ढंगले अघि बढ्न दृढसंकल्पित छौं।

तर, नयाँ शक्तिमा प्रवेश गर्नेहरु राजनीति गरिरहेका वा राजनीतिलाई बाहिरबाट बुझिरहेकाहरु पनि थिए। उनीहरुमा पनि यो पार्टी तत्काल सरकारमा जान्छ, प्रतिफल दिन थालिहाल्छ र त्यसको हिस्सेदारी आफू पनि भइन्छ भन्ने भ्रम कसरी रहन गयो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजनीति दुईथरीको हुन्छ। एउटा, सत्ताको निम्ति वा निजी स्वार्थको निम्ति सत्ता प्राप्त गर्नका निम्ति गर्ने राजनीति भयो। अर्को, 8 रुपान्तरण गर्नका निम्ति सत्ता प्राप्त गर्ने र त्यसका निम्ति योगदान गर्ने राजनीति हुन्छ। म दोस्रो किसिमको राजनीति गर्दै आएको मान्छे हुँ। मैले 8 रुपान्तरणका लागि नै राजनीति गर्दै आएकाले यो आफ्नै नियम अनुसार अघि बढ्छ भन्नेमा विश्वस्त छु।

हिजो पञ्चायतकाल अन्त्य गर्दा पनि प्रतिकूल अवस्थामा हिँडेको हुँ। ३० र ४० को दशकमा गरेको राजनीति अझै पनि मलाई याद छ। पछि जनयुद्ध सुरु गर्दा पनि निकै प्रतिकूल अवस्था थियो। तर, हामीले लामो भिजन लिएर हिँडेको अनुभव मसँग छ। यो तेस्रो चरण ती दुवै चरणभन्दा महान् छ भन्ने मलाई थाहा छ। धेरै मानिसको चेतना उस्तैगरी दूरगामी प्रकृतिको हुँदैन। त्यसैले कहिलेकाहीँ राम्रै नियत हुँदाहुँदै पनि मानिस भ्रमवश त्यस्तो सोच राख्न पुग्छन् र कहिलेकाहीँ निराश हुन पुग्छन्।

पार्टी राजनीति गरेरै आएका र गैरराजनीतिक पृष्ठभूमिका नेताहरुबीचको टकरावले पार्टीले बाह्य उत्साह छर्न सकेन भन्ने विश्लेषण पनि हुनेगरेको छ। त्यो सत्य हो?

होइन। यो दृष्टिकोणको कुरा हो। मैले अघि पनि भनेँ, राजनीति दुईथरी हुन्छ। रुपान्तरणकारी राजनीति र सत्ता राजनीति। रुपान्तरणका निम्ति राजनीति भन्ने नयाँ शक्तिको मुख्य सोच र प्रवृत्ति हो। यो धारमा लाग्ने हामी निरन्तर लागिरहेका छौं। अर्को सोच राख्नेहरु छिटै निराश भएर पलायन पनि भए। रुपान्तरणका लागि राजनीति गर्नेहरुको ठूलो तप्का पार्टीप्रति आकर्षित भइरहेका छन्। तर, समाचारमा नकारात्मक कुरा बढी आइरहेका हुन्छन्। सत्ताका लागि सत्ता भन्ने बुझ्नेहरुले छाड्दा मात्रै समाचार बन्ने गरेकाले आम मानिसमा पनि भ्रम परिरहेको हो। तर, रुपान्तरणका लागि राजनीति भन्ने बुझ्नेहरु पार्टीप्रति प्रवेश गर्दा बाह्य चर्चा हुने गरेको छैन।

जुनसुकै कारणले होस्, 'टल फिगर'हरुले छाडेको त देखिएकै कुरा हो। पार्टीभित्र त्यस्ता व्यक्ति अडिन नसक्नुको कारण पनि केही त होला नि!

'टल फिगर' भन्ने केही होइन। हामीले सबै पिँधबाट सुरु गरेका हौं। जस्तो कि, तपाईं महाभारत हिमशृंखला चढिसक्नुभयो र यसपछि अब कुनै हिमाल चढ्न चाहनुभयो भने सुरुमा त नदी किनारमै उत्रनुपर्छ। र, त्यहाँबाट फेरि सुरु गर्नुहुन्छ।

हामीले पनि यो यात्रा पिँधबाट नै सुरु गर्दैछौं। त्यसैले हिजोको आधारमा 'टल फिगर' भन्ने हुँदैन। त्यो पनि अर्को भ्रम हो।

त्यसो भए, पार्टीमा कुनै संरचनागत कमजोरी छ भन्ने लाग्दैन?

हामी बनाउँदै सिक्दै जाने प्रक्रियामा छौं। वैज्ञानिक सत्य के हुन्छ भने, कुनै अवधारणा बनाइन्छ, त्यसलाई परीक्षण गरिन्छ, फेरि परिमार्जन गरेर प्रयोग गरिन्छ। यसरी नै विचार र संगठन अगाडि बढ्छन्। हामी पनि प्रयोग गर्ने, सिक्ने र अगाडि बढ्ने प्रक्रियामा छौं। 

तर 'मार्क' गरिएका मानिसहरुले निरन्तर छाड्दै जानुले केही अर्थ त राख्ला नि!

मलाई त्यस्तो लाग्दैन। एकाध मान्छे आए-गए, त्यस्तो चलिरहन्छ। यो त निरन्तरको प्रक्रिया हो। म पञ्चायतकाल र जनयुद्धकालका त्यत्रा उतारचढावहरु भोगेर आएको मान्छे हुँ। यसलाई म सामान्य ढंगले लिन्छु।

छोटो अवधिमा पनि यसप्रति आकर्षण देखिएको छ। नयाँ शक्तिले जसरी पाँच 'स'को अवधारणासहितको वैचारिक धार अगाडि सारेको छ। 8वादको तेस्रो धार निर्माण गर्ने भनेर हामी लागेका छौं। पुँजीवाद र साम्यवादको विकल्पमा नयाँ 8वादी धार, जुन सहभागितामूलक र समावेशीमूलक लोकतन्त्रमा आधारित तेस्रो धारको हामीले कुरा गरेका छौं, त्यो त करिबकरिब स्थापित नै भइसकेको छ। हामीले जसरी विकास र समृद्धि, समावेशी र समानुपातिक लोकतन्त्र र सुशासनका कुरा गर्दै आयौं, त्यो त अहिले नेपालको राजनीतिको करिबकरिब मूलधार नै बनिसक्यो। छोटो अवधिमा यति हुन गर्वको कुरो हो नि।

तपाईं पनि विकास र समृद्धि भन्नुहुन्छ। समावेशी, समानुपातिक लोकतन्त्र र सुशासन भन्नुहुन्छ। सत्तामा रहेका पार्टीहरु पनि त्यही भन्छन्। उनीहरुले भनिरहेको र तपाईंले भनिरहेको यी कुरामा के फरक छ?

ठूलो फरक छ। अर्को नक्कल गर्दा मानिसले ठीक ढंगले बुझ्दैन र ग्रहण गर्न सक्दैन। उहाँहरुले हाम्रो नक्कल गर्नुभएको हो। अर्गानिक विचार चाहिँ हाम्रो हो।

हामीले भन्ने गरेको विकास र समृद्धिमा समतामूलक समृद्धि भन्ने कुरा ख्याल गर्नुपर्छ। तीव्र विकास हुनुपर्‍यो। हाम्रो उत्पादन बढाउनुपर्‍यो। हाम्रो प्रतिव्यक्ति आम्दानीलाई केही वर्षभित्रै दोब्बर बनाउनुपर्‍यो। अहिलेको एक हजार डलर प्रतिव्यक्ति आम्दानीलाई पाँच वर्षभित्र पाँच हजार डलर र बीस वर्षभित्र बीस हजार डलर बनाउनुपर्‍यो। यो एउटा मान्यता हो। यो सबैले बुझ्ने कुरा भयो। तर, यो सँगसँगै समतामूलक विकास पनि हुनुपर्‍यो। विभिन्न जाति, क्षेत्र, समुदायले त्यो विकासको लाभ लिने अवस्था बन्नुपर्छ। केही मानिस मात्रै अर्बपति र खर्बपति भए भने प्रतिव्यक्ति आम्दानीको हिसाबले त बढेको देखिन्छ, तर जनताले लाभ लिन सक्दैनन्। त्यसैले हामीले समतामूलक समृद्धि भनेका छौं। त्यसैले विकास र समृद्धि मात्रै भन्ने उहाँहरु र समतामूलक समृद्धि भन्ने हामीमा फरक छ।

सुन्दा सबैका कुरा उस्तै र राम्रै सुनिन्छ। यसबीचमा नयाँ शक्तिको खास पहिचान के हो त?

हिजो पुँजीवादी लोकतन्त्रको धार कांग्रेसले वहन गर्दै आयो। यसमा सबै कुरा बजारलाई छाडिदिने भन्ने मान्यता छ। अर्कोतर्फ, साम्यवादी विचारको धार, जसमा राज्यले सबैथोक नियन्त्रण गर्ने भन्ने विचार पनि छ। दुई वटा ध्रुवका विकल्पमा हामीले व्यक्तिको स्वतन्त्रतामा पनि ध्यान दिनुपर्छ, सँगसँगै राज्य र 8ले पनि आर्थिक विकासमा उचित भूमिका निर्वाह गर्नुपर्छ। यसले व्यक्तिको स्वतन्त्रता र सामूहिक हितको उचित संयोजनसहितको लोकतन्त्रमा आधारित 8वादी धार हामीले निर्माण गर्न खोजेका हौं। यो भनेको कायम रहेका दुवै धारभन्दा माथि उठेको धार हो। त्यसैले यसलाई तेस्रो ध्रुवका रुपमा हामीले अघि सारेका छौं।

वैचारिक रुपमा तेस्रो ध्रुव पार्टीको पहिलो पहिचान हो। विकास र समृद्धि तीव्ररुपमा पनि गर्ने र त्यसका साथै त्यसको वितरण पनि समन्यायिक ढंगले गरेर समतामूलक समृद्धि गर्ने दोस्रो पहिचान हो।

परम्परागत पार्टी कांग्रेस, एमाले कस्तो भए भने, नेपालमा जुन प्रबुद्धशाली जाति र वर्ग छ, घुमाइफिराईकन त्यसको मात्रै पक्षपोषण गरेका छन्। जबकि, नेपाल भनेको हिमाल, पहाड, तराई, मधेसमा बस्ने खस आर्य, आदिवासी जनजाति, मधेसी, थारुले बनेको देश हो। त्यसैले यो तीन किसिमकै हाम्रो समुदाय छ, ऐतिहासिक ढंगले नै नेपाल निर्माणमा संलग्न समुदाय हुन्। त्यसैले यी सबै समुदायको समुचित समानुपातिक प्रतिनिधित्व राज्यका सबै अंगमा हुनुपर्छ। हामी समावेशी समानुपातिक लोकतन्त्रको पैरवी गर्छौं। अन्य पार्टीले यस्तो पैरवी गर्न सकेका छैनन्। यहाँ अन्य पार्टीभन्दा फरक छौं।

हामी भ्रष्टाचार र कुशासनको पूर्णरुपले अन्त्य गर्न चाहन्छौं। अहिले 'क्रोनी क्यापिटालिजम' फस्टाएको छ। राज्यसत्ताको दोहन गरेर, आसेपासेलाई पोस्ने र अपारदर्शी ढंगले कमिसनखोरहरुबाट धन आर्जन गर्ने र त्यही पैसा खर्च गरेर चुनाव जित्ने र राज्यसत्तामा पुगेर पुन: कमिसनखोरहरुलाई पोस्ने जुनखालको भ्रष्टाचारको दुष्चक्र छ, त्यसलाई हामी प्रणालीगत र संरचनागत रुपमै अन्त्य गर्न चाहन्छौं। यो चौथो हाम्रो अन्तर छ।

जटिल भूराजनीतिका बीचमा हामी छौं। दुई वटै छिमेकीसँग गतिशील पुल बनाएर हामी जानुपर्छ भन्ने अवधारणा हामीले अघि सारेका छौं। यो पनि हाम्रो मौलिक पहिचान हो।

यसरी पाँच वटा पहिचान हाम्रा मौलिक पहिचान हुन्। यसैको आधारमा हामी अन्य शक्तिभन्दा फरक छौं।

तपाईंहरु वैकल्पिक तेस्रो ध्रुव पनि भनिरहनुभएको छ। त्यसलाई स्पष्ट पारिदिनुस् न!

आधुनिक विचार भनेर जसलाई भनिन्छ, त्यो मुख्यगरी युरोपबाट सुरु भयो। त्यसले स्वतन्त्रता, समानता र भ्रातृत्व भन्ने तीन वटा नारा अघि सार्योस। त्यसैको बलमा फ्रान्सेली क्रान्ति भयो। व्यक्तिको निजी स्वतन्त्रता हुनुपर्छ भन्ने एउटा पक्ष थियो, त्यसलाई समात्ने एउटा धार पुँजीवादी धारका रुपमा अघि आयो। त्यसलाई उदारवाद पनि भन्छन्। नेपालमा त्यसलाई नेपाली कांग्रेसले बोक्यो। त्यस्तै, स्वतन्त्रता मात्रै होइन, समानता पनि हुनुपर्छ भनेर मार्क्सले अघि सारेको जुन 8वादी धार थियो, त्यसलाई स्टालिन हुँदै नेपालमा आइपुग्दा जड र यान्त्रिक प्रकारको साम्यवादी धारको रुपमा विकास हुनपुग्यो।

अहिले विश्वमा यी दुवै धार चरम संकटमा छन्। जस्तै अमेरिकामा डोनाल्ड ट्रम्पको पुँजीवादी धारले उत्पात् मच्चाइरहेको छ। त्यस्तै, चीन र उत्तर कोरियाले समातेको साम्यवादी धार छ, त्यो पनि वैचारिक संकटमा छ। त्यसैले ती दुवै धारभन्दा माथि उठेर भन्दा, स्वतन्त्रता पनि चाहिन्छ, समानता पनि चाहिन्छ र भ्रातृत्व पनि चाहिन्छ। मानवता र मेलमिलाप पनि चाहिन्छ। त्यसैले यी तीन वटा गुणसहितको नयाँ विचार हामीले अगाडि सार्न खोजेका हौं। त्यस अर्थमा यो तेस्रो ध्रुव हो। अर्थात्, फ्रान्सेली क्रान्ति प्रवर्द्धनका जुन तीन वटा मान्यता छन्, तीन वटैको समायोजन गरेर नयाँ विचारको विकास नै तेस्रो ध्रुवको खोजी हो। अहिले विश्वमा नै त्यसको खोजी भइरहेको छ। हामी नेपालमा त्यसको प्रयोग गर्दैछौं।

यस्तो 'खिचडी विचार'ले झन् अन्योल ल्याउँदैन?

खिचडी होइन। यो विकसित विचार हो। खिचडी होइन, रुपान्तरण भन्न सकिन्छ। पुतलीको उदाहरण हेर्न सक्नुहुन्छ, त्यो लार्भाको रुपमा जन्मिन्छ। पुँजीवादी विचार लार्भा विचार हो। त्योभन्दा माथिको जुन झुसिलकीरा छ, त्यो समानतामा आधारित साम्यवादी विचारधारा हो। त्योभन्दा माथिको पुतली चाहिँ ती सबैभन्दा माथिको विचार हो, जुन हामीले अघि सारेको सहभागितामूलक 8वाद हो। यो पुतली विचार हो।

यो दुई वर्षमा नेपाली 8ले तपाईंहरुले दाबी गरे जस्तो वैकल्पिक राजनीतिलाई पत्याउने चेतनास्तर कत्तिको विकास भएको पाउनुभयो?

नयाँ विचार आउँदा त्यसलाई सुरुमै ग्रहण गर्ने मानिस थोरै हुन्छन्। तर, यति हुँदाहुँदै पनि धेरैले ग्रहण गरेको हामीले पाएका छौं। जुनखालको विचार हामीले अघि सार्‍यौं, मिडियामा त्यसको चर्चा-परिचर्चा हामीले अपेक्षा गरेको भन्दा बढी नै हो।

कुनै पनि ज्ञान, विज्ञान र दर्शनको आविष्कार हुन्छ, सुरुमा थोरै मानिसले मात्रै ग्रहण गर्छन्। जस्तो, १८८३ मा मार्क्सको मृत्यु हुँदा उनको दाहसंस्कारका बेला ११ जना मात्रै मान्छे थिए। तर, अहिले मार्क्सको अनुयायी एक अर्बभन्दा बढी छन्। यस्तै, बुद्धको 'केस'मा पनि भएको छ। त्यसैले नयाँ विचार आफ्नै जीवनकालमा त्यति अगाडि आउँदैन। तर, हामीले त यही वर्षभित्रैमा हाम्रो विचारमा निकै चर्चा-परिचर्चा भएको पाएका छौं। त्यस अर्थमा हामी उत्साहित छौं। 

तर, चुनावमा भने त्यतिधेरै उत्साह देखिएन। 8ले तत्कालका लागि नयाँ शक्ति आवश्यक नठानेको हो कि?

चुनाव हतारमा पनि आयो नि त। एक वर्षभित्रै आयो। फेरि, चुनाव अत्यन्तै जालझेलपूर्ण तरिकाले नयाँ पार्टीलाई चुनावचिह्न नदिने षड्यन्त्र गरियो। हाम्रो चुनावचिह्न प्राप्त नभएपछि हामीले अरुको चुनावचिह्न सापट लिनुपर्‍यो। त्यसैले पनि नयाँ पार्टीको जुन हाम्रो परिचय थियो, त्यो धूमिल हुनपुग्यो। अब त चार वर्षसम्म चुनावको तयारी गर्ने समय हामीलाई छ, त्यसैले पनि अर्को चुनावमा हामी प्रमुख शक्तिको रुपमा आउँछौं भन्ने हामीलाई विश्वास छ।

सुरुमा त तपाईंहरु नै अलमलमा पर्नुभयो नि। कहिले फोरमसँग गठबन्धन गर्नुभयो, कहिले वाम गठबन्धनतिर जानुभयो। फेरि फिर्ता आउनुभयो। त्यसले पनि असर गर्‍यो होला नि!

ती सबै चुनावचिह्नका लागि थियो। आफ्नो चुनावचिह्न नभएपछि कहिले योसँग, कहिले त्योसँग लिनुपर्योक। त्यसले मानिसमा थोरै भ्रम परेको मात्रै हो। त्यो 'ट्याक्टिकल एलाइन्स' थियो, हामीले विचार छाडेका थिएनौं। त्यो कार्यनीतिक एकता थियो, तर मानिसले पार्टी एकताको रुपमा बुझिदिए। त्यो पार्टी एकताको प्रयास थिएन। चुनावी तालमेल थियो। अब तालमेल गर्नुपर्ने आवश्यकता हामीलाई छैन। हामी आफ्नै धारमा हामी अगाडि बढ्छौं।

पार्टी घोषणा कार्यक्रममा तपाईंले भन्नुभएको थियो– 'पुरानो नेतृत्व, विचार र संरचनाले नयाँ कार्यभार पूरा गर्न सक्दैनन्, त्यसैले नयाँ शक्ति आवश्यक छ।' तर, चुनावमार्फत पुरानै शक्तिलाई बहुमत प्राप्त भयो। त्यो तपाईंले भन्नुभए जस्तो जालझेलको कारणले मात्रै हो कि, उनीहरुप्रतिको आशा र आकर्षणले?

विकल्प नभएर पनि हो। राजनीतिमा 'भ्याकुम' त हुँदैन। अर्को विकल्प नपाउञ्जेल खराबमध्येकै खराब छान्नुपर्‍यो। अहिले जनताले पनि त्यसै गरेका हुन्। हामी खराबमध्येको खराब होइन, असलमध्येको असल बन्नेछौं।

एमाले र माओवादीको एकतापछि सो शक्ति निकै चर्चामा छ। त्यसले तपाईंहरुको अभियानमा कत्तिको चुनौती थपिएको महसुस गर्नुभएको छ?

त्यो स्वाभाविक हो। आफ्नो बजार विस्तारका लागि बैंकहरुको मर्ज भए जस्तै पुराना शक्तिहरुले पनि मत सुरक्षा गर्न एकता गर्नु स्वाभाविक कुरा हो। तर, उनीहरुसँग कुनै नयाँ विचार छैन। पुरानै नीति, विचार र कार्यक्रममा ठूलो मात्रै भएर त खास अर्थ राख्दैन। यहाँ मात्रा होइन, गुणको परिवर्तन चाहिएको छ। त्यसैले ती पार्टीले आफ्नो विचारको विकास गरेर, नीति तथा कार्यक्रमको विकास गरेर अगाडि बढेको भए त्यो विकल्प हुनसक्थ्यो। तर, उही पुरानै विचार, नीति तथा कार्यक्रमलाई गणितीय जोडजाड मात्रै गरेर पार्टी बनेको छ, यसले नयाँ समाधान दिँदैन। जनताले पनि यसका सीमाहरु बुझ्दै जान्छन्। अहिले पनि जुन खालको नीति तथा कार्यक्रम र बजेट आए, त्यसले मानिसमा उत्साह ल्याउन सकेन। त्यसले पनि त्यो पार्टी वैकल्पिक पार्टी बन्न सक्दैन भन्ने देखिन्छ। 

तत्काललाई चुनौती हो, तर दीर्घकालमा होइन भन्ने तपाईंको आशय हो?

अहिले हामीले नयाँ विचारको बीउ रोपेका छौं, त्यो भर्खर उम्रिँदै छ। त्यो विकल्प नबनिसकेको अवस्थामा यी पुरानै शक्ति एक ठाउँमा आएर चुनाव जितेर जसरी सरकार बनाए, त्यो अहिलेको बाध्यात्मक अवस्था हो। यसले देशको समस्या समाधान गर्दैन। देशको तीव्र ढंगले विकास गर्ने, सुशासन कायम गर्ने, देशको जातीय-क्षेत्रीय विविधताका बीच राष्ट्रिय एकता कायम गर्ने सोच र नीति उहाँहरुसँग छैन। त्यसो भएकाले उहाँहरुबाट समस्याको समाधान हुँदैन। वास्तवमा उहाँहरु पुरानो साम्यवादी विचारको खोल मात्रै ओढिरहनुभएको छ, त्यसभित्र गुदी छैन। हामी मार्क्सवादको गुदीलाई समातेर समानुकूल विकास गर्दै नयाँ 8वादको धार विकास गर्दै नयाँ 8वादको धार निर्माण गर्दैछौं। त्यसैले पनि उहाँहरु र हामीमा यो गुणात्मक अन्तर छ।

पार्टी गठन भएको दुई वर्ष पूरा भइसक्दा पनि नयाँ शक्ति र बाबुराम भट्टराई एक-अर्काका पर्याय भइरहेका छन्। अन्य नेतामा पनि नेतृत्व विकासका लागि केही पहल हुँदैछ कि?

तलबाटै युवाहरुको राम्रो पंक्तिलाई तयार गरिरहेका छौं। विचारको बीउ तलसम्मै रोपेर जागरण पैदा गर्दैछौं। हामीले 'लुम्बिनी संकल्प' पनि तयार गरेका छौं। त्यस अनुसार नयाँ युवालाई नै नयाँ विचारको वाहक बनाएर लिएर जाँदैछौं। आज (बुधबार) पनि राष्ट्रिय युवा अभियानको राष्ट्रिय भेला हुँदैछ, त्यसलाई पार्टी स्थापना दिवसका रुपमा पनि मनाउँदै छौं। यसको संकेत पनि के हो भने, नयाँ युवा पुस्तालाई नै नयाँ विचारको वाहकको रुपमा अघि सार्छौं। केही समयपछि नै आम जनतामा झाङ्गिएको र युवाहरुले नेतृत्व गरेको वैकल्पिक शक्तिका रुपमा यो अगाडि आउँछ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्