• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२ Thu, Jun 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
चीन किन ठूला कम्पनीका मालिकमाथि कडाइ गर्दैछ?
64x64
नेपाल लाइभ मंगलबार, असोज १९, २०७८  १२:२६
1140x725
अलीबाबाका मालिक ज्याक मा।

बितेको केही महिनामा सायद त्यस्तो दिन नहोला, चीनियाँ अर्थव्यवस्थासँग जोडिएको कुनै क्षेत्रलाई कारबाही गरेको खबर नआएको होस्। चीन सरकार अर्थ व्यवस्थासम्बन्धी कडा नियम बनाइरहेको छ र विद्यमान कानुनहरुलाई पनि कडाइका साथ लागू गरिरहेको छ। यही कारण चीनले आफ्ना देशका कयौँ ठूला कम्पनीमाथि नियन्त्रण गर्न थालेको छ।

यो नियन्त्रण चिनियाँ राष्ट्रपति सि जिन पिङको केन्द्रिय नीतिको एक हिस्सा हो। जसलाई आम समृद्धि अर्थात् ‘कमन प्रस्पेरिटी’ भनिएको छ। चीनमा यो बहाना नयाँ होइन। सन् १९५० को दशकमा पिपल्स रिपब्लिक अफ चाइनाका संस्थापक नेता माओत्से तुङले यस्तै शब्दावली प्रयोग गरेका थिए।

धनी–गरीबबीचको अन्तर कम गर्ने प्रयास 
चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले यो वर्ष जुलाईमा स्थापनाको १०० वर्ष पूरा गर्‍यो। स्थापनाको सयौँ वर्षको अवसरमा गरिएको कार्यक्रममा यो शब्दावलीको प्रयोग भएको थियो। ‘आम समृद्धि’को नीतिको सम्बन्ध देशको सबैभन्दा धनी र गरीबबीच देखिएको विशाल अन्तर कम गर्नका लागि सरकारले गरेको प्रयाससँग छ। 

यो प्रयासबारे कयौँ मानिसहरुले भन्न सक्छन् कि विश्वकै दोस्रो ठूलो अर्थ व्यवस्थाको उदय र चिनियाँ कम्युनिष्ट पार्टीको अस्तित्व खतरामा पर्न सक्छ। कतिपयले यो प्रयासलाई चीनका केही ठूला कम्पनीका अर्बपती मालिकहरुमाथि लगाम लगाउने प्रयासका रुपमा पनि हेरेका छन्। तर, कम्पनीको आय र त्यसको सञ्चालन तथा वितरणलाई लिएर सरकारले उपभोक्ता र श्रमिकलाई धेरै अधिकार दिएको छैन।

विश्वबजारमा प्रभाव पार्ने स्थानीय कदम 
पछिल्लो केही महिनामा चीनमा व्यापारिक हितविरुद्ध हुने क्रियाकलापविरुद्ध कारबाही चलाइएको छ। बीमा एजेन्ट, निजी ट्युसन कम्पनी, रियल स्टेट डेभलपर र अमेरिकामा शेयर बिक्री गर्ने योजना बनाउने कम्पनीहरु गहिरो अनुसन्धानको दायरमा आउन थालेका छन्। खासगरी सूचनाप्रविधि उद्योगविरुद्ध कारबाही बढिरहेको छ। यस्ता कम्पनीमा ई–कमर्स, अनलाइन वित्तीय सेवा, सोसल मिडिया, गेमिङ, क्लाउड कम्युटिङ प्रदायक क्रिप्टोकरेन्सी माइनर वा सटही यो सूचीमा सामेल छन्। 

यो कदमले चीनको अर्थव्यवस्था र समाजमा ठूलो असर परिरहेको छ। यसको प्रभाव चीनमा मात्र नभएर विश्वभर महसुस भइरहेको छ। चीनलाई लामो समयदेखि दुनियाँको कारखाना र विश्व आर्थिक विकासको एक प्रमुख इन्जिन मानिन्छ। तर, अब चीनमा कारोबारको नियमनलाई लिएर अनिश्चितताको वातावरण निर्माण हुँदा विदेशी कम्पनीलाई आफ्नो संभावित कदमको निर्णय लिन मुस्किल भइरहेको छ।

एकातर्फबाट हेर्दा नयाँ नियम लागू हुँदा बजार केही समयका लागि उथलपुथल हुनु स्वाभाविक हो। तर, नयाँ नियामक ढाँचाले लामो अवधिसम्ममा अनिश्चितताको अवस्थालाई हटाउने छ। कमसेकम चीन सरकारले यस्तै ठानेको छ। 

बलियो व्यापारिक समूहलाई ‘कुल्चँदै’ सरकार
आम समृद्धिको नीतिको माध्यमबाट सी जिन पिङले चीनको अर्थ व्यवस्थालाई नयाँ रुप दिन चाहेको देखिन्छ। यद्यपि, यो नीति आउनुअघि पनि बेइजिङले ठूला लगानीविरुद्ध आफ्नो नियन्त्रण क्षमता देखाएको थियो।

Ncell 2
Ncell 2

केही वर्षअघि अलीबाबाका संस्थापक एवं अर्बपति ज्याक मा विश्व शेयरबजारमा अहिलेसम्मको सबैभन्दा ठूलो शेयर खोल्ने तयारीमा थिए। अलीबाबाको वित्तीय सहयोगी एवं चीनको सबैभन्दा ठूलो डिजिटल पेमेन्ट प्लेटफर्म अली–पेको मालिक ‘एन्ट ग्रुप’ आईपीओबाट ३४.४ अर्ब डलर जुटाउने तयारीमा थियो। यस्तो भएमा ज्याक मा एशियाको सबैभन्दा धनी व्यक्ति बन्ने थिए।

तर, उनले चीनको वित्तीय व्यवस्थाको आलोचना गर्दै विवादास्पद भाषण गरेपछि केही  दिनभित्र शेयरको बिक्री बन्द गरियो। चीनका हाई–प्रोफाइल मानिने ज्याक मा त्यसपछि जनवरीसम्म सार्वजनिक रुपमा देखा परेनन्।

उक्त समयदेखि अहिलेसम्म अलीबाबामाथि कीर्तिमानी २.८ डलर जरिवाना लगाइसकिएको छ। अलीबाबाले वर्षौँदेखि बजारमा आफ्नो हैसियत दुरुपयोग गरेको विभिन्न अनुसन्धानमा पत्ता लागेपछि जरिवाना लगाइएको थियो। त्यसपछि नै ‘एन्ट ग्रुप’ले आफ्नो कारोबार पुनःगठनको एक कठोर योजना पनि घोषणा गरेको थियो।
यो प्रकरण आधिकारिक रुपमामा आम समृद्धिको नीतिको एक हिस्सा थियो कि थिएन भन्ने भविष्यले नै देखाउने छ। तर, ज्याक माको भाषणपछि भएको उनको पतन र विशाल व्यापारिक साम्राज्यविरुद्ध गरिएको कारबाहीबाट जे सुरुवात भयो, त्यो चीनको अर्थ व्यवस्थाको हरेक कुनामा पुगेको छ। 

चाइना एवरग्रान्ड ग्रुपमाथि नजर 
चीनको अर्को ठूलो कम्पनी चाइना एवरग्रान्ड ग्रुपको भविष्य पनि आम समृद्धिको नीतिमा जोडिएको छ। समूहको मुख्य व्यवसाय रियल स्टेट हो। तर, कम्पनीको कारोबार वेल्थ म्यानेजमेन्ट, इलेक्ट्रिक कार र खाद्य तथा पेय निर्माणको क्षेत्रमा पनि फैलिएको छ। 

यो समूह चीनको सबैभन्दा ठूलोमध्येको एउटा फुटबल क्लब ग्वाङ्झाउ एफसीका मालिकको हो। यसको मालिक हुन्, हुई का या। उनी ज्याक मालाई विस्थापन गर्दै सन् २०१७ मा थोरै समयका लागि एशियाका सबैभन्दा धनी हुन सफल भएका थिए।

अहिले भने एवरग्रान्डको कर्जा संकटले विश्वको वित्तीय बजारमा नै हलचल ल्याएको छ। चीनको सबैभन्दा ठूलो रियल स्टेट डेभलपरमध्येको पहिलो नम्बर बन्ने दौडमा एवरग्रान्डले ३०० अर्ब डलरभन्दा धेरै कर्जा लिएको थियो। धेरै ऋण भएको कम्पनीलाई बेइजिङ अहिले अर्थव्यवस्थाको लागि एउटा खतराको रुपमा देखिरहेको छ। 

गेमिङ कम्पनीमाथि कडाइ 
अगस्टको सुरुवातमा चीनको एक सरकारी मिडियाले अनलाइन गेमलाई ‘आध्यात्मिक अफिम’ नामकरण गर्‍यो। यसलाई सरकारकै नीतिअनुसार आएको विचारको रुपमा लिइएको छ। यो समाचारपछि टेन्सेन्ट र नेटइज जस्ता गेमिङ फर्मको शेयर मूल्य तीव्र रुपमा ओरालो लाग्यो। यो उद्योगले आफैँ नयाँ कडा प्रतिबन्धको लागि आफूलाई तयार गर्न थाल्यो।  त्यही महिना अधिकारीहरुले गेम खेल्ने युवामाथि अझै कडाइ थाले। गेमिङ प्लेटफर्ममा कडा नियम लागू गरिने योजनाको घोषणा भयो। 

१८ वर्षभन्दा कम उमेरकाहरुलाई शुक्रबार र छुट्टीको दिन केवल एक घन्टा गेम खेल्ने अनुमति दिइयो। यो छुट राति ८ देखि ९ बजेसम्म दिइयो। यसको मतलव थियो कि, बच्चाहरुलाई नियम तोड्नबाट रोक्ने जिम्मेवारी गेमिङ कम्पनीकै थियो। यो समयसीमा लागू भएको वा नभएको अनुगमन गरिने पनि अधिकारीहरुले बताएका थिए।

चीन सरकारको यो नयाँ नियमका कारण यी कम्पनीहरु कारोबारबाट बाहिर हुँदै छन्। तर, सरकारले संकेत दिएको छ कि यी सबै प्रतिबन्ध र अनुगमन आउने वर्ष पनि निरन्तर लागू हुनेछन्।

चीन सरकारले सन् २०२५ सम्म प्रभावकारी हुने नयाँ १० बुँदे योजना प्रकाशित गरेको छ। यसबाट पनि चीनले अर्थ व्यवस्थामा कडा नियमन गर्ने आकलन गर्न सकिन्छ। अहिलेसम्म यो स्पष्ट भएको छैन कि विद्यमान नियमको कडाइका साथ लागू गर्दा चीनको अर्थव्यवस्था कुन रुपले परिर्वतन हुने छ? यसको असर चीनभन्दा बाहिर रहनेमाथि पनि पर्ने संभावना भने बढी छ।

-बीबीसी हिन्दीबाट

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
सर्पको डसाइबाट एक महिलाको मृत्यु
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु, ४ सय बढि घाइते
सम्बन्धित सामग्री
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु, ४ सय बढि घाइते त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन् । गाजामा युद्धविराम र बन... बिहीबार, असार १२, २०८२
विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो। बुधबार, असार ११, २०८२
अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक घट्दै अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले... बुधबार, असार ११, २०८२
ताजा समाचारसबै
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा बिहीबार, असार १२, २०८२
सर्पको डसाइबाट एक महिलाको मृत्यु बिहीबार, असार १२, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु, ४ सय बढि घाइते बिहीबार, असार १२, २०८२
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, असार १२, २०८२
मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि हुँदै बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा बुधबार, असार ११, २०८२
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान बुधबार, असार ११, २०८२
यि हुन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय बुधबार, असार ११, २०८२
माधव नेपालको बयान सकियो बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्