• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

माओवादीलाई बचाउन पहिला प्रचण्ड र त्यसपछि तलसम्म बद्लिनुपर्छ : लेखनाथ न्यौपाने [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असोज ९, २०७८  १९:०३
1140x725

एमाले र माओवादी केन्द्रबीच एकता गरेर शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो। सो पार्टी गठन भएको तीन वर्ष नपुग्दै विवाद चर्को भयो। २०७७ फागुन २३ गते अदालतको एक फैसलाबाट पूर्वपार्टी ब्युँतिए। विभाजनपछि माओवादी केन्द्रका केही नेता एमालेतिर गए, एमाले विभाजित भयो। ब्युँतिएपछि माओवादी केन्द्रभित्र पार्टीलाई पुनः संगठित गर्ने र बलियो बनाउने बहस चलिहरेको छ। माओवादी केन्द्रका नेताहरू पनि अब अन्य पार्टीसँग एकताभन्दा पनि आफ्नै पार्टीलाई आफ्नै खुट्टामा उभ्याएर बलियो बलियो बनाउनुपर्ने बताइरहेका छन्। माओवादी केन्द्रको सांगठनिक धरातल, पार्टीले लिने रणनीति र पार्टीभित्र भइरहेका पछिल्ला बहसका विषयमा पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

तपाईं विद्यार्थी संगठनको विभिन्न जिल्ला सम्मेलनमा सहभागी हुनुभयो। त्यतिबेला पार्टीको गतिविधि पनि हेर्नुभयो होला। के माओवादी पार्टी आफ्नै संगठनको जगमा उभिनसक्ने संकेत पाउनुभयो?
अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि घनिभूत रुपमा यो प्रश्न उठेको हो। हामीले ५ महिनासम्म कुनै गतिविधि गरेनौं। त्यसो हुँदा आफ्नै खुट्टामा टेक्न नचाहेको हो वा टेक्ने जमिन गुमाइसकेको हो कि भन्ने भयो। युवा संगठनका भेला र विद्यार्थी संगठनका सम्मेलनसम्म आउँदा संगठन एक ढंगले चलायमान भएको छ। पार्टीको केन्द्रीय समितिको पछिल्लो निर्णय, पार्टी संगठनको नवीकरण र नयाँ सदस्यको आवेदनसम्म आउँदा पार्टीमा ठिक्क खालको तरंग पनि पैदा भएको छ। माओवादीमा नयाँ मान्छे आएका छन्। कमिटीविहीन र निष्क्रिय भएका पुराना मान्छेहरु पनि जोडिन आएका देख्छौं। संगठनात्मक रुपमा सकारात्मक संकेतहरु देखिएका छन्।

यो संगठनात्मक संकेतलाई जमिनमा टेकाउने भनेको विचार, कार्यदिशा, संगठनात्मक सिद्धान्त र कार्यक्रमले हो। त्यसो हुँदा माओवादीले लिने विचार के हो र कस्तो खालको विचार निर्माण गरेर राजनीतिक आन्दोलनमा आफ्नो उपस्थिति जनाउँछ भन्ने कुरा प्रष्ट हुन बाँकी नै छ। हाम्रो जोड माओवादी आन्दोलनलाई आफ्नै जमिन र आफ्नै खुट्टामा टेकाउने गरी अगाडि लैजानुपर्छ भन्ने हो। त्यसो भएमा एकता ध्रुवीकरण, कार्यगत एकता र संयुक्त मोर्चाबन्दीभन्दा पनि बलशाली हुन्छ।

के देशैभर माओवादी संगठनमा तरंग पैदा भएको हो?
यसरी आएका मान्छेलाई कुन संगठनात्मक विधिबाट कुन संगठनमा राख्ने र के काम दिने भन्ने विषयमा अलमलमा छौं। हामीले भर्खर विधान प्रस्ताव तयार गरेका छौं। त्यो विधानले अन्तिम रुपमा पाइसकेको छैन। अर्को राजनीतिमा त्याग गर्ने, योगदान गर्ने र समाजमा स्वयंसेवी भावबाट काम गर्ने चेतना कमजोर छ। त्यो नहुँदा लाभ खोज्छ, विचार र आदर्श कमजोर हुन्छ। आर्दश पनि विचारको एउटा पाटो भएको हुनाले आदर्श कमजोर भएपछि उपभोक्तावाद बलियो हुन्छ। उपभोक्तावादले पद खोज्छ, पदले आय आर्जनमा सघाउँछ। ठूलो पद प्राप्त गर्न लगानी गर्छ।

तपाईंले माओवादीमा जोडिने संख्या बढेको भन्नुभयो। तर, कुनै समय तपाईंकै अध्यक्ष प्रचण्डले माओवादी चिल हो, अरु पार्टी कुखुरा हुन् भन्नुहुन्थ्यो। माओवादीले पचासौं वर्ष राज गर्छ पनि भन्नुहुन्थ्यो। अहिले त पार्टी नै विघटन गरौं भन्न थाल्नुभएको छ। के माओवादीको औचित्य सकिएको हो?
अनौपचारिक र औपचारिक फोरमहरुमा उहाँले कसरी बोल्नुभयो, त्यो एउटा पाटो भयो। पार्टीका आन्तरिक भेला, बैठक र प्रशिक्षणहरुमा बोलेको सन्दर्भ फरक छ जस्तो लाग्छ। हामीले विचारमा विकास गरेनौं, राजनीतिक कोर्स सिफ्ट गरेनौं र सांस्कृतिक हिसाबले रुपान्तरित भएनौं भने माओवादीको औचित्य छैन भनेर केन्द्रीय कमिटी बैठकमा तलबाट उठेको विषय हो। माओवादीको औचित्य कायम गर्न हामीले विचारमा विकास गर्नुपर्छ। यही संसदीय व्यवस्थाको वरिपरि नै आदर्श मानेर घुमिराख्ने र यही पोलटिकल कोर्समा बस्यौं भने औचित्य सकिन्छ। त्यसकारण राजनीतिक कोर्स सिफ्ट गर्नुपर्छ। कहिले र कसरी गर्ने दोस्रो कुरा हो। तर, विचारधारात्मक हिसाबले राजनीतिक कोर्स सिफ्ट गर्नैपर्छ।

हामी नाममा कम्युनिस्ट भए पनि कम्युनिस्ट जस्ता भएनौं। मान्छेहरुले सार्वजनिक रुपमा हाम्रा बारेमा टिप्पणी गर्न थालिसकेका छन्। हामी बुर्जुवाकरण भयौं। त्यो सम्पत्तिसँगको सम्बन्ध, परिवारसँगको सम्बन्ध, द्वन्द्वात्मक भौतिकवादले निर्धारण गरेका विषयवस्तु र जीवन व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा देखिएको छ। अर्को, चुनाव जित्न बुर्जुवाहरुले जे गर्छन्, हामीले पनि त्यही गर्ने अवस्थामा पुगेका छौं। यी सबै संस्कृतिसँग सम्बन्धित विषय हुन्। सांस्कृतिक रुपमा रुपान्तरित भएनौं भने माओवादीको फरक पहिचान स्थापित गर्न सक्दैनौं। यो स्वतः विघटन हुन्छ भन्ने हो।

योभित्र विचारको विकास गर्ने गुञ्जायस देखेको छु। हामीले त्यसमा मिहिनेत गर्नुपर्छ। हामीले राजनीतिक सिफ्ट गर्नैपर्छ। माओवादीले जुन वर्गको मुक्तिको कुरा गरिराखेको छ। यही  व्यवस्थाभित्र यो वर्गको मुक्ति सम्भव छैन। त्यो हिसाबमा माओवादीको औचित्य खोज्ने हो। सांस्कृतिक हिसाबले हामी धेरै बर्बाद भइसक्यौं। त्यो बर्बादीबाट बचाउन पहिला प्रचण्ड र त्यसपछि क्रमिक रुपमा तलसम्म बदलिनुपर्छ। खासमा चेतनामा जनताभन्दा माथि हुनुपर्छ भन्ने कुरालाई औचित्य पुष्टिको आधार निर्माण गर्न सक्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले सार्वजनिक रुपमा विघटन गर्ने भनिरहनु भएको छ। तत्कालीन नेकपामा विभाजन आएपछि ओली समूहबाट त्यो विषयमा आक्रमण पनि भइराखेको छ। यसलाई कसरी बुझ्नुपर्छ भने, व्यक्ति विशेषले विघटन गर्ने भन्ने हुँदैन। व्यक्ति आफैंले आफैंलाई विघटन त गर्न सक्दैन। त्यसो त कम्युनिस्ट पार्टी, जो सामूहिकताको हिसाबले अघि बढेको हुन्छ र सामूहिक क्षमताहरुबाट अघि बढिरहेको हुन्छ। त्यहाँ सामूहिक निर्णय हुन्छ। व्यक्ति विशेषले विघटन गर्ने, व्यक्ति विशेषले गठन गर्ने विषय खास कम्युनिस्ट चरित्रभित्र पर्दैन।

२०४८ सालमा एकता केन्द्र बन्यो। त्योभन्दा अघि भएका पार्टीहरु एकता केन्द्रमा केन्द्रित भए। चौम, नेकपा मसाल, सर्वहारा श्रमिक संगठन विघटित भए। र, एकता केन्द्रमा केन्द्रित भए। त्यसो हुँदा पुरानो पार्टी विघटन भयो। हामीले २०५१ सालमा एकता केन्द्र छोडेर कार्यदिशा अनुसारको नाम बनाउनुपर्छ भनेर नेकपा माओवादी बनायौं। त्यसो हुँदा नेकपा एकता केन्द्र रहेन। त्यो विघटित भएको वा रुपान्तरण गरेको भन्ने हो। त्यसो हुँदा इतिहासमा एकता, ध्रुवीकरण र फुटका कारण पार्टीहरुका नामहरु फरक हुने र एक ठाउँमा आउने हुन्छन्। फरक नामबाट पार्टी र आन्दोलन अघि बढाउँदा, त्यसअघिको पार्टीको औचित्य नहुँदा विघटनको अर्थको रुपमा बुझिएको होला जस्तो लाग्छ।

प्रचण्डले नै एमालेकरण हुने भए माओवादी किन चाहियो भन्नुहुन्छ। यो एमालेकरण भनेको के हो? कस्तो भयो भने एमालेकरण हुन्छ?
कार्यकर्ता र नेताले अभिव्यक्त गर्ने विषय र गहिराइ फरक हुनुपर्छ। म कुनै कमिटीको फस्ट म्यान छु। वा पार्टीको केन्द्रीय कमिटीको फस्ट म्यान छु भने हामीले कार्यकर्ताको जस्तो टिप्पणी, अभिव्यक्ति र आलोचना गर्ने छुट हुँदैन। यो एकदमै ख्याल गर्नुपर्ने विषय हो। माओवादीको औचित्य हुँदैन भन्दा औचित्य हुनेगरी काम गर्नु पर्‍यो नि! त्यसो गर्न कसैले छेकेको छैन। एमालेकरण भनिरहँदा त्यो हुनबाट रोक्नुपर्‍यो नि! त्यो रोक्ने अधिकार अध्यक्षसँग छ। जिल्ला कमिटी अध्यक्षले व्यक्तिगत रुपमा कति कोसिस गर्ला, त्यो दोस्रो कुरा भयो। कमिटीगत रुपमा जिल्लाले एमालेकरण हुनबाट रोक्न सक्दैन होला। तर, पार्टीको अध्यक्ष र केन्द्रीय कमिटीको अध्यक्ष पनि हो। समग्र कमिटीको अध्यक्ष पनि हो। उसले एमालेकरण हुनबाट रोक्न सक्नुपर्छ। रोक्न सकिँदैन भने मैले सकिनँ भनेर छोड्नुपर्छ।

एमाले जस्तो भन्नुको अर्थ नाम कम्युनिस्ट हुने तर राजनीतिक कोर्स बुर्जुवा जस्तो हुने भनेको हो। ओली कमरेडले पटकपटक भनेका छन्, यो संसदीय व्यवस्था हाम्रो आदर्श हो। कांग्रेसको पनि आदर्श हो। त्यसो हुँदा कम्युनिस्ट पार्टी अर्थात् श्रमिकहरुको पार्टी र पुँजीपतिहरुको पार्टीबीच फरक भएन। माओवादीले पनि यही संसदीय व्यवस्थालाई आदर्श मान्न खोज्यो भनेर एमाले जस्तै हुनुहुँदैन भनिएको हो।

Xtrem

Xtrem

 

तर, एमालेभन्दा माओवादी के फरक छ र?
फरक बनाउनुपर्छ भनेर सान्दर्भिकतासँग जोडियो। हामी चुनावदेखि चुनावसम्म, मन्त्रीदेखि मन्त्रीसम्म र सांसददेखि सांसदसम्म मात्रै जाने हो कि अगाडि पनि बढ्ने हो? यही गन्जागोल र जमेको फोहोर पोखरी वरिपरि घुम्ने भने एमाले हुने हो। माओवादी पनि त्यही हुने हो भने अर्को पार्टीको अस्तित्व हुँदैन।

लिखित दस्तावेजमा सिद्धान्तका विषय ठीकैठीकै देखिन्छ। तर, दैनिक व्यवहारमा हेर्दा लेखिएअनुकूल हुँदैन। यसले सिद्धान्तलाई विस्तारै विस्थापित गर्छ। त्यसपछि पार्टी नै विघटन हुन्छ। अहिलेसम्म भएको कुरा त्यही नै हो।

गाउँतिर भन्ने गर्छन्, चुनाव जित्न सामाजीकरण हुनुपर्छ। समाजले जे-जे गर्छ, त्यो सबै गर्नुपर्छ। त्यो अन्धविश्वास भएपनि गर्नुपर्छ। विज्ञान विरोधी भए पनि गर्नुपर्छ। त्यो परम्परावादी छ भने पनि गर्नुपर्छ। सचेत प्रयत्नको कुरा पनि बाँकी रहँदैन। भौतिकवादले अध्यात्मवादसँग संघर्ष गरेको अवधि केही पनि बाँकी रहेन। भोटलाई प्रभाव परे चुनाव हारिन्छ भन्नु एमालेकरण हो।

माओवादी शान्ति प्रक्रियामा आएको झण्डै एक दशक भयो। यो संसदीय व्यवस्थाको मूल्यमान्यताभन्दा बाहिर जान सक्ने स्थिति छैन?
त्यो विचार र कार्यदिशाले निर्धारण गर्ने हो। माओवादीभित्रको टुटफुट र विभाजनलाई एउटा आधार मान्ने हो भने माओवादी पनि यही संसदीय व्यवस्था वरिपरि घुम्छ र यही सिद्धिन्छ भन्ने आकलन गर्न सकिन्छ। पार्टीभित्र र बाहिरका बौद्धिक समुदायले आलोचना गर्नुभएको छ, त्यो सही छ। त्यसले हामीलाई वाम कार्यदिशा पक्रिन सहयोग पुग्छ। त्यसले पार्टीभित्र वाम कार्यदिशा निर्माण गर्न सहयोग पुग्छ। बरु म त्यो बहसको अपेक्षा गर्छु। माओवादी यही संसदीय व्यवस्थालाई आदर्श मानेर घुम्यो भने यो पार्टी रहँदैन। एउटा खेमा कांग्रेस र अर्को एमालेमा विलय हुने अवस्था हुन्छ। बाँकी रहेका बचेखुचेकाहरु राजनीतिक कोर्स सिफ्ट गरेर जानुपर्ने हुन्छ।

फेरि माओवादीले राजनीतिक कोर्स सिफ्ट गरेर अगाडि बढ्ने स्थिति छ?
त्यो नगरेर सुखै छैन। हामीले जुन वर्ग दृष्टिकोण निर्माण गर्‍यौं। मार्क्सवादको आधाभूत कुरा गर्‍यौं। मार्क्सवादको आधारभूत कुरा वर्ग, वर्ग संघर्ष र वर्ग संघर्षमा बल प्रयोगको सिद्धान्त; यत्ति कुरा मान्ने हो भने यो सैद्धान्तिक रुपमा मात्रै मान्ने होइन। 'प्राक्टिकल्ली' मान्ने हो भने एउटा न एउटा ठाउँमा बुर्जुवा वर्गसँग श्रमिक वर्गको पार्टी टकराउँछ। बल्ल राजनीतिक कोर्स देखिनेगरी सिफ्ट हुन्छ। हामीले वैज्ञानिक समाजवाद भनिरहेका छौं भने चुनावमा कांग्रेससँग तालमेल गरेर, एमालेसँग कार्यगत एकता गरेर र संसदीय व्यवस्थालाई आदर्श मान्ने राजनीतिक शक्तिसँग सहकार्य गरेर त्यो आउँदैन। यो कुरा स्पष्ट छ। अन्तर्राष्ट्रिय हिसाबले नै स्थापित भएको मान्यता हो। मार्क्सले हजार पटक बोलेको कुरा हो। यही कुरा सत्य हो।

होइन, वैज्ञानिक समाजवादी कसैलाई भ्रम दिनका निम्ति, चुनाव जित्नको निम्ति, बजारमा बिकाउनका निम्ति मात्रै भनिएको हो भने धेरै दिन टिक्दैन। त्यो एक दिन पर्दाफास हुन्छ। त्यसपछि हामीभित्रको दलाल पुँजीवाद सार्वजनिक हुन्छ। त्यसपछि छताछुल्ल र लथालिङ्ग हुने छ।

 

तपाईंले भनेको दिशामा जान नेतृत्व पनि मनोवैज्ञानिक रुपमा बलियो हुनुपर्छ होला। प्रचण्ड आफैं 'माओले कुनै समय म एक्लै पर्ने हो कि भन्नुहुन्थ्यो, अहिले मलाई पनि कताकता त्यस्तै लागिरहेको छ' भनिरहनु भएको छ। यस्तो मानसिकताले कसरी त्यो दिशा समात्न सक्ला र?
माओले भनेको कुरा फरक हो। सर्वहारा श्रमिक क्रान्ति चलाउने बेलामा जब पार्टी सत्तामा गयो। त्यहाँ पुँजीवाद विस्तारै प्रवेश भयो। बुर्जवाकरण प्रवेश हुन थाल्यो। जनतासँगको सम्बन्ध कट्दै गयो। कम्युनिस्ट पार्टी अन्तरवस्तुबाट कट्दै गएपछि माओले सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाउनुभयो। त्यतिबेला एक्लो भएको अनुभूति गर्नुभयो। जीवनको उत्तरार्द्धमा चलाउनुभएको त्यो अभियानलाई पार्टीकै धेरै नेताहरुले सहयोग गरेनन्। त्यस अर्थमा एक्लो हुँदै गएँ भनिएको भन्ने हो।

हाम्रो पार्टी अध्यक्षले साँच्चिकै माओको भूमिकामा स्टेप चाल्न खोज्नुभएको हो? पार्टीका सहयोद्धा साथीहरुले साथ नदिनु भएको हो? हो भने माओले जस्तै खुला आह्वान गर्नुपर्छ- बुर्जुवा हेडक्वार्टरमा बमबार्ड गर। बुर्जुवाहरुको बाहूल्यता भयो। यसले नयाँ जनवादी क्रान्ति र समाजवादको यात्रा निश्चित गर्दैन। यो कोणबाट अध्यक्षले सोच्नुभएको छ? त्यो विषय स्पष्ट भएमा उहाँलाई साथ दिने एक होइन हजार र लाखौंलाख हुन्छन्।

प्रचण्डले मैले एक सयलाई मन्त्री बनाएँ। मैले जनयुद्ध लडेँ भनेर पटकपटक भन्नुहुन्छ। जनयुद्ध लडेको एउटा व्यक्ति विशेषले हो वा सामूहिक रुपमा माओवादी पार्टीले लडेको हो?
यो विषय केन्द्रीय समिति बैठकमा पनि उठेको छ। त्यसको आवाज भलै मसिनो थियो होला। तर, उठेको छ। सामूहिक अभ्यासमा जाने कम्युनिस्ट संस्कृति हो। क्षमताहरुको केन्द्रिकृत गर्ने र त्यसलाई केन्द्रिकरणबाट अभिव्यक्त गर्दा पार्टी प्रमुखबाट गर्ने संकृति हो। जरुर पार्टीले गरेका निर्णयहरु अध्यक्षमार्फत् सार्वजनिक हुन्छन्। पार्टी अध्यक्ष व्यक्ति पनि हो। तर, यस्ता शब्दहरु प्रायः चुनावमा बढी प्रयोग हुँदो रहेछ।

हाम्रो गाउँमा दरौदी नदी छ। त्यहाँ पुल बन्यो। त्यो पुल व्यक्ति विशेषले पैसा हालेर बनाएको थिएन। राज्यको ढुकुटी थियो र राज्यको योजना अन्तर्गत पुल बन्यो। त्यसो गर्दा पुल राज्यले बनायो। माओवादीको सरकार हुँदा पुल बन्यो, त्यसैले माओवादीले बनायो भन्नेसम्म ठीकै होला। त्यो स्वभाविकै पनि हुन्थ्यो होला। तर, हाम्रोतिर नामै किटेर बाबुराम भट्टराईको नाम लिइन्छ। उहाँले डिजाइन वा लगानी गरेर बनाएको होइन। यो भनेको पुँजीवाद हो। एकदमै निजीस्वत्व खोज्नु हो। कम्युनिस्ट पार्टीभित्र जसरी पुँजीवाद मौलाउन खोज्दै छ। त्यो समस्या हो। त्यसले कम्युनिस्ट पार्टीको धारिलोपनालाई कमजोर बनाएको छ। उसको पहिचानलाई मेट्ने काम गरेको छ। भूइँवर्गका मान्छेसँगको उसको सम्बन्धलाई कटाइदिएको छ।

जनयुद्ध त पार्टीको आह्वानमा पिँध वर्गका मान्छेहरुको संलग्नतामा लडियो। त्यहाँ सामूहिक अभिव्यक्ति थियो। त्यसको नेतृत्व प्रचण्डले गर्नुभयो। त्यसको नेतृत्व तलदेखि माथिसम्म अरुले पनि गरे। मुख्य नेतृत्व प्रचण्डले गर्नुभयो। कम्युनिस्ट संस्कृति भनेको सामूहिक संस्कृति हो।

सामूहिकताको अभ्यासमा जाने नदिने संस्कृति किन बन्यो?
हामीभित्र पुँजीवाद बलशाली हुन थाल्यो। पुँजीवादले हरेक क्षेत्रबाट नाफाको अपेक्षा गर्छ। पुँजीवादले हरेक चिजबाट नाफा खोज्छ। कम्युनिस्ट पार्टीका नेता, सांसद, मन्त्री र प्रधानमन्त्री हुँदा कम्युनिस्ट पार्टीको नाममा भएका छौं। संस्कृति, काम गर्ने र 'आउटपुट'का हिसाबले कम्युनिस्ट भएका छैनौं। नाममा आठ जना कम्युनिस्ट प्रधानमन्त्री भए। 'आउटपुट'का हिसाबले कम्युनिस्ट चरित्रको एउटा काम छैन। सर्वहारा संस्कृतिभन्दा पुँजीवादी संस्कृति बलशाली छ। हामीलाई पुँजीवादले घेरिरहेको छ। त्यसबाट मुक्त हुन सकेका छैनौं। या, चाहेका छैनौं।

प्रचण्ड यो गरेँ र त्यो गरेँ भनेर आफ्नो बखान गरिरहनुहुन्छ। तर, हेर्दाहेर्दै माओवादी टुक्राटुक्रा भयो। एमालेसँगको एकता असफल भयो। पछिल्ला दुई चुनावमा तेस्रो शक्ति भयो। यति हुँदाहुँदै नेतृत्व हस्तान्तरण गर्ने कुराको किन बहस हुँदैन?
उहाँले गरेको योग्दानबाट केही सकारात्मक छाप छोड्न सफल हुनुभएको छ। त्यो समग्र पार्टीको जगमा गरेको काम हो। उहाँको व्यक्तिगत तागतमा गरेको होइन। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभयो। दुवैपटक सहजतापूर्वक प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो। सत्ता लिप्साबाट मुक्त हुनुभयो। यद्यपि, यसबारेमा धेरै चर्चा हुँदैन। पछिल्ला दश वर्षमा भएका प्रधानमन्त्रीको सूची हेर्दा धेरै उहाँकै प्रस्तावमा प्रधानमन्त्री भएका छन्। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा उहाँकै प्रस्तावमा प्रधानमन्त्री हुनुभयो। हाम्रो पार्टीले जुनजुन मुद्दा उठायो। अहिलेको राजनीतिक कोर्स ढिलो भएपनि त्यसमै अगाडि बढेको देख्छु। प्रचण्ड नेतृत्वमा भएको नाताले यो राजनीतिक कोर्स जोडिन्छ।

यति सकारात्मक हुँदाहुँदै त्यसको सकारात्मक 'रिफ्लेक्सन' पार्टी आन्दोलन, संगठन र चुनावभित्र परेको छैन। पार्टी विशृंखलित छ। पार्टी विधिमा चल्दैन। पार्टीमा ठीकसँग मूल्यांकन भएन भन्ने स्वर बलियो छ। चुनावमा जाँदा पार्टीको आकार घट्दैघट्दै गएको छ। पार्टी कमिटी विधिबाट चलेका छैनन्। कहिले केन्द्रीय कमिटी ५ हजारको बनाइदिन्छौं। जसलाई भेट्यो उसैलाई पोलिटब्युरो वितरण गरिदिन्छौं।

राष्ट्रिय जीवनमा गरेका सकारात्मक संकेतहरु देखिएका छन्। भलै त्यसप्रति मान्छेहरु विश्वस्त छैनन्। प्रभाव किन सकारात्मक हुन सकेन भनेर समीक्षा गर्नुपर्छ। मैले भन्ने गरेको छु, कम्युनिस्ट पार्टी कार्यकर्ताले दुईवटा झोला बोक्नुपर्छ। अगाडिको झोलामा आफ्ना कमजोरीहरु खोजेर हाल्ने र पछाडिको झोलामा अरुका कमजोरीहरु खोजेर हाल्नुपर्छ। यो संस्कृतिमा जाने हो भने पार्टी जीवनमा परेको नकारात्मक प्रभावलाई कम गर्न सक्छौं जस्तो लाग्छ।

तपाईंहरुले प्रधानमन्त्रीमा केपी शर्मा ओली हुँदा पार्टीमा विधि, प्रणाली भत्काए; संविधान र व्यवस्था भत्काए भन्ने आरोप लगाइरहँदा आफ्नो पार्टीको हालत यस्तो छ। यस्तो अवस्थामा नैतिक रुपमा ओलीलाई कसरी प्रश्न गर्न मिल्छ?
तुलना गर्दा ओली एक नम्बरकै बदमास हुन्। एक नम्बरको बदमासको आलोचना एक नम्बरबाटै गर्नुपर्छ। दुई नम्बरमा रहेको बदमासलाई दुई नम्बरमै बसेर आलोचना गर्नुपर्छ । ओलीले एक नम्बरको बदमासी गरेका हुन्। त्यसको आलोचना गरिरहनुपर्छ। त्यसो हुँदा हामीलाई सानो ओली बन्न छुट छ? छैन।

हामीले नयाँ पार्टी विधान तयार गरेका छौं। त्यसलाई कार्यान्वयनमा लग्दै छौं। लिडरशीप निर्माणको प्रश्न छ। नेतृत्वको कार्यकाल तोक्ने कि नतोक्ने भन्ने छ। यदि तोक्नुपर्ने भएमा कसरी तोक्ने? तलबाट २० प्रतिशत युवाहरु भर्ती गर्दा माथिबाट निस्कने उमेर समूह तोक्नुपर्छ भन्ने छ। यस विषयमा यसअघिको केन्द्रीय समितिको बैठकमा राम्रोसँग छलफल भएको छ। यसलाई पुस ११ गतेदेखिको राष्ट्रिय सम्मेलनमा लगेर सामूहिक नेतृत्वमा उत्तराधिकारी निर्माण गरेर सिद्धान्त र विधिमा चल्ने पार्टी बनाउँछौं।

पार्टीको अन्तरिम विधान तयार भयो। अब वडादेखि केन्द्रसम्म निर्वाचन विधिबाट नेतृत्व चयन गर्ने भनिएको छ। के माओवादीले निर्वाचनबाट नेतृत्व टुंगो लगाउँछ?
पार्टीमा कम्युनिस्ट स्कुलिङ चलाउनुपर्ने छ। हामीले समाजवादको यात्रा गर्ने र पुँजीवादी यात्रालाई विश्राम दिने हो। हाम्रो पार्टीमा जुन गुटको समस्या छ। गुटहरु शक्तिशाली बनाउने प्रक्रिया चाल्नु हुँदैन। समाजवाद भनेको सबैले काम गर्ने हो, सबैले खाने हो। त्यहाँ पदको खासै गुन्जायस हुँदैन। तर, हामी ‍संसदीय व्यवस्थामै रमाउने हो भने किन पदका लागि नलड्ने? तपाईं र मेरो योग्यता एउटै हो। पार्टीमा योगदान र इतिहास एउटै हो। तर, एउटा नेता  १० पटक सांसद र ५ पटक मन्त्री हुने तर, अर्को सँगैको साथी भने कहिल्यै हुन पाउँदैन भने उसले किन छोड्ने?  

त्यसो भए चुनावमा जाने कुरा भएको छैन?
हामीले राष्ट्रिय सम्मेलनको कार्यतालिका सार्वजनिक गरिसक्यौं। वडाको सम्मेलन गर्दै पालिका र प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनसम्म जान्छौं। हामीले औपचारिक रुपमा समाजवादको यात्रा थालनी गरीनसकेको हुनाले हामीभित्र पुँजीवाद छ। कांग्रेस-एमालेले चुनाव गर्छन्। माओवादीले किन नगर्ने भन्ने मत तलबाट जर्बजस्त रुपमा उठेको छ।

हामीले मनोनयन गर्दा उसको योग्यता र क्षमता, उसले दिने कामको  परिणामबाट गर्दैनौं। ऊ मेरो गुटको हो कि होइन भन्ने ढंगबाट हेरिन्छ। आफ्नो गुटमा लागेको छ भने लफंगोलाई पनि बोकेर हिड्छौं। त्यस लफंगोलाई पनि सिकाउनलाई चुनाव गर्नुपर्छ भनेर तलबाट कुरा उठेको छ। नेतृत्व निर्माण गर्ने भनेको टिम निर्माण गर्ने हो। टिम निर्माण गर्दा आफ्नो योग्यता क्षमता प्रदर्शन गर्ने वातावरण निर्माण गर्नुपर्छ।

लोकप्रियता छ भने नेतृत्वमा आउने एउटा बाटो खोल्नुपर्छ। तर, सँगसँगै दुई कुरा थप्ने भनेका छौं। त्यसको विधि निश्चित गरिसकेका छैनौं। पहिलो, उसको इतिहासदेखि अहिलेसम्मको निरन्तरता। दोस्रो, आजको क्षमताहरुलाई हल गर्न सक्ने विषय विज्ञता। तेस्रो, लोकप्रिय जनमत प्राप्त गर्न सक्ने। तीन वटा एक ठाउँमा हाल्यो भने नेतृत्व बन्छ। हाम्रो पार्टीले अहिले सकेसम्म सर्वसम्मत नेतृत्व निर्माण गर्ने भनेको छ। यदि सर्वसम्मत नेतृत्व निर्माण गर्न नसकेमा निर्वाचनको प्रक्रियाबाट नेतृत्व छान्ने भनिएको छ। त्यसो भएकाले निर्वाचन आयोग बन्यो। निर्वाचन कार्यविधि र आचारसंहिता सार्वजनिक गरिएको छ। उसले निर्वाचन गर्ने सामग्रीहरु तयार गरिसकेको छ। निर्वाचनको प्राविधिक तालिम पनि चलिरहेको छ। कार्यकर्ताको मूल्यांकन, कमिटीभित्रको मूल्यांकन र नेतृत्व निर्माणको प्रश्नलाई सहमतिको अतिरिक्त आवश्यक पर्दा चुनावमार्फत् गर्न विधानले खुला गरेको छ।

अब निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिएमा माओवादी व्यवस्थित हुन्छ?
हामीले विधि र पद्धतिबाट चलाएनौं भने गुट शक्तिशाली हुने, जिम्मेवारी दिने हुन्छ। पैसावालाहरुले पार्टीलाई प्रभाव पार्ने र उनीहरु लाभका पदहरुमा पुग्ने हुन्छ। त्यसो भएमा माओवादी व्यवस्थित बन्दै बन्दैन। त्यसो हुनाले माओवादीलाई विचार र विधिबाट चलाउन सचेत प्रयत्न गनुपर्छ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्