काठमाडौं– जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल जारी छ।
जनकपुरमा भइरहेको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरेका छन्। उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे। मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए।
मधेश प्रदेशले ३४ ओभरमा ५ विकेटको क्षतिमा १७६ रन बनाएर खेलिरहेको छ भने उसलाई १२८ रनको अग्रता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।