• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

अष्ट्रेलियामा डोमिनोज पिज्जा फ्रेन्चाइजीका सफल नेपाली व्यवसायी

64x64
नेपाल लाइभ मंगलबार, असोज ५, २०७८  ०७:०२
1140x725

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा आन्दोलन चर्किँदै गर्दा नुवाकोटको तारूकाका धर्मराज अधिकारी पढ्नका लागि काठमाडौँ आइसकेका थिए। युवा जोश थियो। राजनीतिक रुपमा पनि सचेत थिए। त्यसैले आन्दोलनमा लागिहाले। त्यसक्रममा दरबारमार्गमा भएको गोलीकाण्डमा उनी पनि घाइते भए।

प्रजातन्त्र आएपछि केही समय राजनीतिमा सक्रिय रहे। पढाइ पनि चलिरहेको थियो। अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने रहरका कारण सन् १९९६ मा उनी अध्ययनका लागि अष्ट्रेलिया पुगे। उनको विषय थियो, बिजनेस स्टडिज।

विद्यार्थी हुँदा खर्च जुटाउन अनेक संघर्ष गरे। पढाइ सकाएर नेपाल फर्कने सोच थियो। तर, उतै काम गर्न थालेपछि उनलाई नयाँ भूमिमा संघर्ष गर्ने बानी बस्यो। साथ दिन नेपालबाट श्रीमती पनि अष्ट्रेलिया नै पुगिन्।

त्यसपछि उनी आफैंले व्यवसाय थाले। सन् २०१२ मा उनले चर्चित अन्तर्राष्ट्रिय चेन ‘डोमिनोज पिज्जा’को पहिलो फ्रेन्चाइजी लिए। अहिले उनले दर्जनभन्दा बढी डोमिनोज पिज्जाको फ्रेन्चाइजी लिएका छन्। उनको व्यवसाय सिड्नीदेखि पर्यटकीय नगर ओलङ्गन लगायत शहरमा फैलिएका छन्। ती फ्रेन्चाइजीमा उनको एकल लगानी छ।

सिड्नी आसपासका क्षेत्रमा छोटो समयमै डोमिनोज पिज्जाको दर्जनभन्दा बढी स्टोर खोल्न सफल अधिकारी सफल व्यवसायीका रुपमा चिनिएका छन्। अहिले उनी विश्वभरका नेपालीका लागि प्रेरणा बनेका छन्। र, संघर्षले अष्ट्रेलियामा कमाएको धन उनी नेपालमै लगानी गर्न थालेका छन्।

नेपालमा जोडिने, नेपालीलाई सघाउने

अष्ट्रेलियामात्र होइन, अहिले नेपालबाहिर व्यवसायमा जमेका प्रायः नेपाली यहाँको नागरिकता त्यागेर उतैका नागरिक बनिसकेका छन्। धर्मराज त्यसमा अपवाद हुन्। झण्डै तीन दशक अष्ट्रेलियामा बिताउँदा पनि उनीसँग अष्ट्रेलियन राहदानी छैन। नेपाली हरियो राहदानी बोकेरै उनी सिड्नी काठमाडौं मात्र ओहोरदोहोर गर्दैनन्, संसारभर हरियो पासपोर्टमै पुग्छन्। सजिलो त उनलाई अष्ट्रेलियन राहदानीले नै हुन्थ्यो। तर, मनले मान्दैन। भन्छन्, ‘यसले नै त मलाई देशसँग जोडिरहेको छ।’

अधिकारी प्रारम्भिक चरणदेखि नै गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आवद्ध छन्। उनी एनआरएनए ओसेनिया क्षेत्रका पूर्वसंयोजक हुन्। उनले विगतमा पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले, जीवा लामिछाने र उपेन्द्र महतोको टीममा रहेर काम गरिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको अर्थतन्त्रको सम्बन्ध श्रम र पसिनासँग जोडिएको उनको भनाइ छ। नेपाली जनताको भविष्य निर्माणका लागि विदेश गएर श्रम र सीप देखाउने गैरआवासीय नेपाली वा तिनका नयाँ पुस्ता नेपाल फर्किएपछि स्वदेशमै सम्मानका साथ काम गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना आफूसँग रहेको उनी बताउँछन्। ‘देशको अर्थतन्त्र र जनताको सपना जोड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममार्फत् नेपाली जातिको सुखद भविष्य निर्माण गर्नुपर्छ,’ उनी भन्छन्।

अहिले भने आफू विदेशमा नेपाली कामदार सुरक्षित र उत्साही ढंगले काम गर्ने वातावरण बनाउने अभियानमा लागेको अधिकारीले बताए। उनी ‘एक घर, एक लगानी’ मार्फत सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा बाँधेर व्यवसाय अघि बढाउने अभियानमा छन्। प्रवासी नेपालीमाझ चर्चामा रहने दोहोरो नागरिकता, लगानी, ज्ञान र सीपको प्रसारण, व्यावसायिक शिक्षा प्रदान गर्ने स्कुल र स्वदेशमा गरिने लगानीका लागि एनआरएन कार्ड उपलब्ध गराउनु पर्नेलगायत विषयमा उनले एनआरएनएभित्र र बाहिर अभियान चलाइरहेका छन्। 

एनआरएनएका विभिन्न शाखाले नेपाल तथा संसारभर छरिएका नेपाली समुदायबीच कल्याणकारी काम गर्दै आएका छन्। तर, यस्ता काममा धेरै ठाउँमा दोहोरोपन देखिएका गुनासा पटक–पटक सुनिने गरेका छन्। अधिकारीका अनुसार स–साना आयोजनामा सहयोग परिचालन गरिँदा संघले गरेका कामको लेखाजोखा राख्न गाह्रो भइरहेको विषय बेलाबेला उठ्ने गरेको छ।

‘यस्ता कामलाई व्यवस्थित बनाउन विधानमा व्यवस्था भएबमोजिम एनआरएन फाउन्डेशन स्थापना भइसकेको छ,’ अधिकारी भन्छन्, ‘फाउन्डेशनले कोष स्थापना गर्ने र उक्त कोषको रकम नेपालमा प्राकृतिक प्रकोपलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रावधान छ। गैर आवासीय नेपालीसम्बन्धी ऐनमा नेपाल सरकार र मातहतका निकायले गैरआवासीय नेपालीका कल्याणकारी कामलाई सहजीकरण गर्ने बुँदा समावेश गर्न आवश्यक छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा ठूलो प्राकृतिक विपत हुँदा सो फाउन्डेशनले तत्काल सहयोग गर्न सक्ने प्रावधान राख्नु आवश्यक हुने उनको भनाइ छ। पछि संसारभरबाट सहयोग संकलन गरी उक्त कोषमा रकम शोधभर्ना गर्न सकिने उनी बताउँछन्।

नेपालमा भूकम्पका बेला गरिएको सहयोग संकलन समयमा पुग्न नसकेको र केही ठाउँमा दुरूपयोग भएको भन्ने गुनासो थियो। त्यसैले कोषको व्यवस्थापन र संचालनका लागि स्पष्ट नियमावली बनाउन जरुरी भएको उनी बताउँछन्। खर्च गरिएको संकलित रकमको लेखा परीक्षण गरेर त्यसको विवरण सार्वजनिक गरिनु पर्ने माग पनि एनआरएन सदस्यहरुले गरेका छन्। अधिकारी भन्छन्, ‘पारदर्शी संघसंस्थाको विश्वव्यापी मान्यताभित्र रहेर काम गर्न सकेमा संस्थाप्रति आमजनताको विश्वास बढ्छ, हामीले गरेका कामले सही बाटो समात्छ।’

खाडी मुलुकमा रहेका श्रमिकहरुको हितमा एनआरएनमार्फत् सहयोग परिचालन गरिनु पर्ने उनको धारणा छ। त्यस्तै नेपाली समुदाय घरजमसहित बस्ने गरेका पश्चिमा मुलुकहरुमा नेपाली भाषा कक्षा सञ्चालन गर्ने, सांस्कृतिक प्रवद्र्धन र अन्य मानवीय सहायताका लागि सहयोग परिचालन गर्न सकिने उनी बताउँछन्। 

एनआरएनए दशौं महाधिवेशनमा आगामी कार्यकालका लागि उनी अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन्। एनआरएनलाई विधिपूर्वक चलाउने प्रणाली बनाउन र अस्वस्थ चुनाव हुने चलन हटाउन आवश्यक रहेको उनको भनाइ छ। संस्थामा भोटर हैन, सदस्य संख्या बढाउने रणनीति हुनुपर्ने उनी बताउँछन्।

उनले विगतका कार्यकालमा पनि एनआरएनएका फरक जिम्मेवारीमा रहेर काम गरेका थिए। पछिल्लो महाधिवेशनमा भने उपाध्यक्ष पदमा थोरै मतान्तरले पराजित भएका थिए। 

अहिलेको उम्मेदवारी आफ्नै विगतको अनुभव र सोच कार्यान्वयन गर्ने उद्देश्यका लागि भएको उनी बताउँछन्। ‘एनआरएनले नेपालमा लगानीका लागि १० अर्बको फण्ड बनाउने, नलेज ट्रान्सफर, पोलिसी इन्स्टिच्युट, नेपाली नागरिकताको निरन्तरता लगायत विषयमा भएका सैद्धान्तिक सहमति र प्रगतिलाई कार्यान्वयन तथा संस्थागत गर्दै विश्वभरका नेपालीका नयाँ मुद्दा र समस्या समाधान गर्नु मेरो कर्तव्य हुनेछ,’ उनी भन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्