• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धुर्मुस–सुन्तलीले बनाइरहेको रंगशालाको काम रोकियो, पूर्वाधार विज्ञ आचार्य भन्छन्– पैसाको होइन, सोच र ज्ञानको कमी

64x64
नेपाल लाइभ शुक्रबार, असोज १, २०७८  १६:१५
1140x725

काठमाडौं– हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को संस्था ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ ले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। चितवनको भरतपुर –१५ मा निर्माण भइरहेको रंगशालाको काम ३५ प्रतिशत सकिएपछि पैसा अभावका कारण रोकिएको अभियन्ता तथा हास्य कलाकार धुर्मुसले बताएका छन्। 

फाउण्डेसनका अनुसार रंगशाला निर्माणमा ३५ प्रतिशत काम सकिँदा ५४ करोड लगानी भएको छ। हालको अवस्थामा अनुमान गर्दा रंगशालाको काम पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लाग्ने धुर्मुसले बताए। १६ माघ २०७५ बाट निर्माण सुरु भएको रंगशालाको काम ३५ प्रतिशत सकिँदा १६ करोडभन्दा धेरै ऋण लागेको फाउण्डेसनले जनाएको छ।  

सर्वसाधारण जनतासँग सहयोग उठाएर निर्माण थालिएको रंगशालाको काम बीचमै अलपत्र पर्दा चौतर्फी टिकाटिप्पणी भइरहेको छ। फाउण्डेसनले रंगशालाको काम रोक्दा धुर्मुस–सुन्तलीकै आलोचना पनि भइरहेको छ।

यसैबीच पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले रंगशाला निर्माणका लागि पैसा नभएर सोच र ज्ञानको कमी मुख्य समस्या भएको उल्लेख गरेका छन्। 

१२ वटा ट्विट थ्रेडमार्फत उनले धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको रंगशालाको कामको समीक्षा गरेका छन्। 

रंगशाला र सभाहलजस्ता सार्वजनिक संरचनाको निर्माणले वरपरिको जग्गाको भाउ बढ्ने र त्यसबाट महानगरले पनि नाफा कमाउन सक्नेमा दुवै तर्फबाट चुकेको उनले उल्लेख गरेका छन्।

‘भरतपुर महानगरपालिकाले सरकारी तहबाट नै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सम्भव थियो। समस्या पैसाको होइन, सोच र ज्ञानको कमी चाहिँ समस्या हो,’ आचार्य लेख्छन्, ‘स्टेडियम र सभाहल जस्ता सार्वजनिक संरचनाको निर्माणले गर्दा वरपरको जग्गाको भाउ बढ्छ। जग्गाको यस्तो बढेको भाउलाई ‘क्याप्चर’ गर्न सक्दा संरचना निर्माणको खर्च उठाएर महानगरले नाफा पनि कमाउन सक्थ्यो। यो अवधारणालाई ‘भ्यालु क्याप्चर’ भनिन्छ। नगरपालिकाले क्याप्चर गर्दा निर्माण खर्च सहजै उठाउन सकिन्थ्यो।’

आचार्यले भ्याल्यु क्याप्चरको अवधारणालाई जग्गा एकीकरणमार्फत सहजै लागू गर्न सकिने बताएका छन्। यसका लागि सबैभन्दा पहिले भिड आकर्षण हुने रंगशाला, सभाहल, म्युजियम, मनोरञ्जन पार्क जस्ता संरचनाका लागि योजना बनाएर त्यसका वरपर होटल, रेस्टुरेन्ट, सपिङ मल, आवास, खुला पार्क लगायतका क्षेत्र रहने गरी केही हजार हेक्टरको शहरी योजना तयार गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन आचार्यले उठाएका १२ बुँदा

१. भरतपुर महानगरपालिकाले सरकारी तहबाट नै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सम्भव थियो। समस्या पैसाको होइन, सोच र ज्ञानको कमी चाहिँ समस्या हो। 

२. स्टेडियम र सभाहल जस्ता सार्वजनिक संरचनाको निर्माणले गर्दा वरपरको जग्गाको भाउ बढ्छ। जग्गाको यस्तो बढेको भाउलाई ‘क्याप्चर’ गर्न सक्दा संरचना निर्माणको खर्च उठाएर महानगरले नाफा पनि कमाउन सक्थ्यो। यो अवधारणालाई ‘भ्यालु–क्याप्चर’ भनिन्छ।

३. धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउँदै गरेको भरतपुरस्थित क्रिकेट रंगशालाको हकमा पनि रंगशाला निर्माण हुने भएपछि वरपरको जग्गाको भाउ ह्वात्तै बढेको देखिन्छ। यसरी बढेको भाउको हिसाब अर्बौमा आउँछ। यसको केहि हिस्सा मात्र नगरपालीकाले क्याप्चर गर्दा निर्माण खर्च सहजै उठ्थ्यो। 

४.‘भ्यालु–क्याप्चर’को अवधारणा जापान, सिंगापुर, हङ्कङ लगायत धेरै देश र शहरले सफलतापूर्वक कार्यान्वयन गरेको पाइन्छ। नेपालमा पनि जग्गा एकीकरण आयोजना मार्फत सहजै लागू गर्न सकिन्छ।

५. यसका लागि सबै भन्दा पहिले भिड आकर्षण हुने रंगशाला, सभाहल, भ्युजियम, मनोरञ्जन पार्क जस्ता संरचनाका लागि योजना बनाएर त्यसका वरपर होटल, रेस्टुरेन्ट, सपिङमल, आवस, खुला पार्क लगायतका क्षेत्र रहने गरी केही हजार हेक्टरको शहरी योजना तयार गर्ने। 

६. यस्तो शहरी योजना कार्यान्वयनका लागि जग्गा एकीकरणको आयोजना लागू गर्ने। केही हजार हेक्टरको क्षेत्रमा व्यवस्थित शहरी योजना (बाटो–घाटो पार्क सहितको योजना)गर्दा जग्गा घनीहरूलाई ३० प्रतिशत जग्गा घटाएर व्यवस्थित सहर योजना भित्रको प्लट फिर्ता दिने। 

७. जग्गा धनीहरूलाई शुरूको क्षेत्रफल भन्दा घटाएर जग्गा फिर्ता गर्ने भए पनि सुरूको भन्दा पछि घटेको क्षेत्रफलको जग्गाको मुल्य निकै बढी हुन्छ। उता घटाइएको ३० प्रतिशत जमिनमा बाटो–घाटो, खुला पार्क लगायत केही उच्च मुल्यका प्लटसमेत महानगरपालिकाको स्वामित्वमा हुन्छन्।

८. जस्तो कि १००० हेक्टरमा जग्गा एकीकरण गर्दा ३०० हेक्टर सार्वजनिक जग्गा प्राप्त हुन्छ। त्यो मध्ये कमर्सिल क्षेत्रको प्रतिकठ्ठा ७० लाखका दरले ६०० कठ्ठा (२० हेक्टर) को मुल्य रू ४२० करोड। रंगशालाको निर्माण खर्च।

९. भ्यालु क्याप्चरको अवधारणा मैले विभिन्न सरकारी फोरम र सेमिनार र लेखमा उठाउँदै आएको कुरा हो। तर, सरकारी नीति, योजना र कार्यान्वयनमा यो अवधारणालाई त्यति महत्त्व दिएको पाईंदैन। जग्गा एकीकरणका केही आयोजना भने सफलताका साथ सम्पन्न भएका छन्। तर, आवस्यकता जति व्यापक उपयोग गरिएको छैन। 

१०. मेरो गृह जिल्ला चितवनको केसमा त मैले पटक–पटक गरी ३–४ पटक नै यो अवधारणाको बारेमा सेमिनार प्रस्तुति दिएको छु। २–३ बर्ष पहिले भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठिमा चितवनका सबै सांसद र महानगरपालिका निर्वाचित प्रतिनिधि समक्ष कार्यपत्र नै पेश गरेको थिएँ। 

११. मेरा यी सबै प्रस्तुतिमा क्रिकेट–रंगशाला, साभाहल जस्ता सार्वजनिक संरचनाका लागि सार्वजनिक खाली जमिन मास्ने होइन, जग्गा एकीकरण र भ्यालु–क्याप्चरको माध्यमबाट निर्माण खर्च उठाउने र चौडा बाटो–घाटो र सार्वजनिक खुला क्षेत्रका लागि जमिन प्राप्त गर्न सकिने कुरा हुन्थ्यो। 

१२. तर दुर्भाग्य, हाम्रा सांसद, मेयर र वडा सदस्यहरूलाई व्यवस्थित सहरीकरणका यस्ता कुराले कहिल्यै छुन सकेन। महानगरको बजेटलाई तत्काल देखिने ‘पीच बाटो’ मा खर्च गर्नेमा बढी चासो देखिन्थ्यो। आज धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशालाको ऋणको भारको समाचार पढ्दा मन कटक्क खायो।

***क्रिकेट स्टेडियम-थ्रेड***
१) भरतपुर महानगरपालिकाले सरकारी तहबाट नै अन्तरराष्ट्रिय क्रिकेट स्टेडियम बनाउन संभव थियो। समस्या पैसाको होईन, सोच/ज्ञानको कमी चैं समस्या हो। १/१२

— Surya Raj Acharya (@SuryaRAcharya) September 16, 2021

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ?
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्