काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई दशैं खर्च बाँड्नका लागि सरकारले १०/१० हजार बाँड्ने कार्यक्रम ल्याइएको टिप्पणी गरेका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘दशैं खर्च १०/१० हजार बाँड्नका लागि कार्यक्रम ल्याएको छ, गरिबलाई भनेर,’ ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ त्यो गरिबीको मापदण्ड भनेको उनीहरुकोमा दाइ सहयोग चाहियो भन्दै जो जान्छन् तिनलाई बाँड्न हो।’
देशलाई बजेटविहीन अवस्थामा राखिएको भन्दै ओलीले त्यसप्रति आपत्ति जनाए। ‘नेकपा एमालेको अवरोधका कारणले बजेट पास हुन सकेन भनेर मैले सुने,’ उनले भने, ‘हामीले नाराबाजी गरेका बेला रेल कुदे जस्तो मन्त्री कुदेर अरुथोक गर्न जान हुने बजेट किन पेस गर्न नहुने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।