काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी शृंखलाबद्ध कमिटी प्रणालीमा चल्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले आगामी विधान महाधिवेशनले केन्द्रीकृत गर्नुपर्ने विभिन्न विषयमा व्याख्या गरेका थिए।
'अहिले नजानिँदो किसिमले एमालेभित्र कस्तो बिमारी सुरु भएको छ भने एभ्रीह्वेर (जताततै) एमाले बाट नोह्वेर (कहीँ छैन) एमाले। एमाले, एमाले छ सबैतिर। तर खास एमाले छैन। किन छैन भन्दा कमिटीमा एमाले देखिँदैन। एमाले हो भने कमिटीमा देखिनुपर्यो। कमिटी प्रणालीमा देखिनुपर्यो', उनले भने।
पोखरेलले कमिटी प्रणालीमा नभएको एमाले 'एमाले' हुन नसक्ने बताए। अब माथिदेखि तलसम्म कमिटी प्रणाली व्यवस्थित हुनुपर्ने उनको भनाइ छ।
उनले सही सिद्धान्त, कार्यक्रम र कार्यदिशा सम्बन्धबारे बुझाइमा एकरुपता हुनुपर्ने बताए। यदि बुझाइमा एकरुपता भएन भने आफूहरु काम नलाग्ने उनले बताए। 'बुझाइमा अनेकता हुने हो भने, तालतालले काम गर्ने हो भने पार्टी पार्टी जस्तो रहन सक्दैन', उनले भने।
उनले सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको सम्बन्धमा बुझाइमा एकरुपता हुनुपर्ने भन्दै पार्टीले के बोल्यो, के भन्यो, त्यही हिसाबले, त्यही सारका साथ बुझ्नुपर्ने जरुरत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।